― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsरञ्जु दर्शनाको प्रश्न- वैकल्पिक शक्तिहरू किन एक ठाउँमा आउन नसकेको ?

रञ्जु दर्शनाको प्रश्न- वैकल्पिक शक्तिहरू किन एक ठाउँमा आउन नसकेको ?



२३ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको आवश्यकता लामो समयदेखि उठ्दै आएको भएपनि व्यक्तिकेन्दित राजनीतिको कारण निष्कर्षमा पुग्न नसकेको बताएकी छिन् ।

वैकल्पिक शक्तिहरूबीच सहकार्य किन हुन सकेन भन्ने विषयमा आत्ममूल्याङ्का गर्न जरुरी रहेको बताइन् ।

‘वैकल्पिक राजनीति गर्नेहरू एक ठाउँमा आउनुपर्छ भनेको लामो समय भइसक्यो । तर वैकल्पिक भनिएका हामीहरू किन एक ठाउँमा आउन सकिएको छैन त ?,’ उनको प्रश्न छ ।

विवेकशील साझाले जेन–जी आन्दोलन अघि नै राजनीतिक संवाद समिति गठन गरेर वैकल्पिक शक्तिहरूबीच संवाद र सहकार्यको अभ्यास सुरु गरेको पनि बताइन् ।

‘हामीले २०८४ सालमा मिल्नुपर्छ भनेर केही अभ्यासहरू शुरु गरेका पनि थियौं । विवेकशील साझाको तर्फबाट हामीले समेत जेनजी आन्दोलन हुनुभन्दा अगाडि नै राजनीतिक संवाद समिति गठन गरेर त्यो प्रक्रियालाई अगाडि बढाउने प्रयास गरिरहेकै थियौं,’ उनले भनिन्, ‘तर ८२ मै निर्वाचन हुने भयो । फेरि यो चुनावी रणनीति चाहीँ अलिकति फरक हुँदो रहेछ ।  चुनावकै लागि मिल्ने र धेरै सिट आर्जन गर्ने चुनावपछि फेरि फुट्ने हो त ?’

वैकल्पिक राजनीति केवल चुनावी तालमेलमा सीमित नभई साझा विचार, नीतिगत दृष्टि र प्रणालीगत सुधारमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

‘त्यसकारण अवको वैकल्पिक दलहरूले चुनावको लागि मात्रै एक ठाउँमा आउने काम गर्नुहुँदैन । राजनीतिक दल भनेको सत्ता र जनताबीचको सेतु पनि भएको कारण त्यही अनुसारको मिलन आजको आवश्यकता हो,’ उनले भनिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More