― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
Homeअन्तर्राष्ट्रिय६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु 

६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता, दक्षिण कोरियामा द्विपक्षीय वार्ता सुरु 


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ६ वर्षपछि दक्षिण कोरियामा भेटवार्ता भएको छ।
  • ट्रम्पले भने, ‘हाम्रो यो भेट सफल हुनेछ भन्नेमा मलाई कुनै शंका छैन’ र सीलाई कडा वार्ताकार भने।
  • वार्तामा व्यापार सम्झौता, ताइवान क्षेत्रीय विवाद र फेन्टेनाइल ड्रग तस्करी विषय छलफल हुने बताइएको छ।

१३ कात्तिक, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच ६ वर्षपछि बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ। 

दुवै नेताले हात मिलाएर एकअर्कालाई अभिवादन गरेपछि द्विपक्षीय वार्ता सुरु भएको हो। सन् २०१९ पछि यो उनीहरूको पहिलो प्रत्यक्ष भेट हो।

वार्ताको प्रारम्भमा ट्रम्पले भने, ‘हाम्रो यो भेट सफल हुनेछ भन्नेमा मलाई कुनै शंका छैन।’

उनले थपे, ‘सी एक कडा वार्ताकार हुन्, जुन सधैं सजिलो कुरा होइन। तर हामी एकअर्कालाई राम्ररी चिन्छौं।’

यो भेटलाई विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रहरूबीचको व्यापार युद्ध घटाउने प्रयासको रूपमा हेरिएको छ। 

रोयटर्सका अनुसार, आजको छलफलमा व्यापार सम्झौता र भन्सार महसुलको विषयसँगै ताइवान क्षेत्रमा चिनियाँ सेनाको हस्तक्षेप र अमेरिकामा अवैध फेन्टेनाइल ड्रग तस्करी पनि मुख्य एजेन्डामा रहने बताइएको छ।

 बैठकअघि जिनपिङले गरे ट्रम्पको प्रशंसा गरे

बैठक सुरु हुनुअघि राष्ट्रपति जिनपिङले ट्रम्पको ‘शान्ति प्रयास र युद्ध रोक्ने प्रयास’ को प्रशंसा गरे।

उनले भने, ‘चीन र अमेरिका सधैं सबै विषयमा सहमत नहुन सक्छन्, तर दुवै देशबीच संवाद र सहकार्य आवश्यक छ।’

उनका अनुसार दुवै देशले ‘सही दिशामा’ अघि बढ्नुपर्छ, जसले चीन–अमेरिका सम्बन्धलाई दीर्घकालीन स्थायित्व दिन सक्छ।

जिनपिङले थपे, ‘चीनको विकास ट्रम्पको अमेरिकालाई पुनः महान बनाउने सोचसँग समान दिशामा जान्छ।’

चीनसँग व्यापार सम्झौता चाहन्छन् ट्रम्प

ट्रम्प चीनसँग नयाँ व्यापार सम्झौता गर्न चाहन्छन्। यसमा अमेरिकी सोयाबिन खरिद र दुर्लभ खनिजमा रोक हटाउनेजस्ता विषय समावेश छन्।

अमेरिकाले फेब्रुअरी २०२५ मा चीनमा १० प्रतिशत भन्सार शुल्क लगाएको थियो, जुन अप्रिलसम्म १४५ प्रतिशत पुगेको थियो। अहिले चीनबाट आउने सामानमा ३० प्रतिशत कर लागू छ।

ट्रम्पले नोभेम्बर १ देखि चिनियाँ सामानमा १०० प्रतिशत कर र कडा व्यापार नियम लागू गर्ने चेतावनी दिएको सन्दर्भमा यो वार्ता भइरहेको छ । यो चेतावनी चीनले केही खनिज र म्याग्नेट निर्यातमा प्रतिबन्ध लगाएपछि आएको थियो।  

ट्रम्प रुस–यूक्रेन युद्ध अन्त्यका लागि पनि चीनको सहयोग चाहन्छन्। गत हप्ता उनले रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाए, जसको चीनले विरोध गरेको थियो। 

‘सी जिनपिङसँग म रूसी तेल खरिदबारे पनि कुरा गर्नेछु। चीन अहिले रुसबाट धेरै कम तेल किन्दैछ,’ ट्रम्पले भनेका थिए । 

ताइवान मुद्दा पनि बैठकको मुख्य विषय हुनेछ। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ, तर अमेरिका ताइवानलाई हतियार उपलब्ध गराउँछ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले भनेका छन्, ‘ताइवानलाई त्याग्नु व्यापार सम्झौताको हिस्सा हुने छैन। ताइवानको चिन्ता जायज छ।’

(एजेन्सीहरूको सहयोगमा)

 

 





Read More