― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
Homeराष्ट्रिय समाचारसुर्खेतमा ५० वर्षीया महिलाको हत्या, छोरा प्रहरी नियन्त्रणमा

सुर्खेतमा ५० वर्षीया महिलाको हत्या, छोरा प्रहरी नियन्त्रणमा



१४ कात्तिक, काठमाडौं । सुर्खेतमा एक महिलाको हत्या भएको छ । हत्या अभियोगमा उनकै छोरा पक्राउ परेका छन् ।

भेरीगंगा नगरपालिका–१२ मसिनाटोल बस्ने ५० वर्षीया धनिकला बस्नेतको हत्या अभियोगमा उनका ३० वर्षीया छोरा कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको र कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका छोरा कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

हत्याको कारण खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More