― Advertisement ―

पेन्टागनले F-35 मा ट्रिलियन खर्च गर्यो, र चार मध्ये एक जेटले आज हरेक मिसन गर्न सक्छ

F3d मिशन मात्र पूरा गर्नुहोस् क्षमतामिसन सक्षम दरहरू 2021 र 2025 बीचमा तीव्र रूपमा घट्योसफ्टवेयर ढिलाइले भर्खरै डेलिभर गरिएका विमानहरूमा तयारीलाई असर गरिरहेको छपेन्टागनको...
HomeLatest newsसिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ

सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ



१७ पुस, काठमाडौं । जाजारकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ः०० बजे बारेकोट-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित ६ जना सिकार खेल्न गएका थिए । त्यसक्रममा प्रचण्डदेवको मृत्यु भएको हो ।

प्रहरीले प्रचण्डदेवसँगै सिकार खेल्न गएका पाँच जनालाई  भरुवा बन्दुकसहित पक्राउ गरेको छ । अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका-८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More