― Advertisement ―

अध्ययनले पत्ता लगाएको छ कि मानिसहरू AI जस्तो आवाज सुन्दा डराउन थालेका छन् – यहाँ के कुराहरू बेवास्ता गर्न सकिन्छ ताकि तपाईंले उस्तै भाग्य...

39% मानिसहरूले यो कसरी लेख्छन् भन्ने कुरा परिवर्तन गर्छन्। AIलगभग एक तिहाइले अज्ञात एआई प्रयोगको कारणले सहकर्मी वा सिर्जनाकर्ताहरूलाई समर्थन गर्न बन्द गर्ने बताएका...
HomeLatest newsयसरी मनाइयो अंग्रेजी नयाँ वर्ष (तस्वीरहरू) – KhabarHost

यसरी मनाइयो अंग्रेजी नयाँ वर्ष (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ र विश्वभर उल्लासका साथ मनाइएको छ।
  • विश्वका नेताहरुले नयाँ वर्षको अवसरमा शुभकामना दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन्।
  • नेपालका काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनमा आन्तरिक र विदेशी पर्यटकसहित नयाँ वर्ष मनाइएको छ।

१७ पुस, काठमाडौं । आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । विश्वभर उल्लासका साथ यो नयाँ वर्ष मनाइएको छ ।

विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

नयाँ वर्ष सुरु हुनुअघिको रात सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई भव्य स्वागत गरिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

नेपालका काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ ।

तस्वीरहरू  : एपी, एएफपी र सिह्नवा 

स्विट्जरल्याण्डको जुरिचमा नयाँ वर्ष ।
कोरियाको राजधानी सेउलमा नयाँ वर्षको स्वागत ।
अष्ट्रेलियाको सिड्नीको नयाँ वर्ष

बेलायको लन्डनको नयाँ वर्ष ।
स्विट्जरल्याण्डको जुरिचको नयाँ वर्ष ।
न्यु योर्कको कार्यक्रममा सहभागी भएकाहरु ।





Read More