― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsसमानुपातिकको सूचीमा नातेदार राखेपछि कुलमानमाथि पार्टी बैठकमै प्रश्न

समानुपातिकको सूचीमा नातेदार राखेपछि कुलमानमाथि पार्टी बैठकमै प्रश्न


राष्ट्रिय

समाचार.

  • उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न उठाएका छन्।
  • केन्द्रीय सदस्य प्रवीण तामाङले कुलमानले समानुपातिक टिकट बेचेर आफन्तलाई उम्मेदवार बनाएको आरोप लगाएका छन्।
  • उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी रास्वपाकै तर्फबाट समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ।

१५ पुस, काठमाडौँ । उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न गरेका छन् ।

काठमाडौँको बौद्धमा मंगलबार साँझदेखि जारी बैठकमा कुलमानले पैसा खाएर समानुपातिकतर्फ टिकट बेचेको आरोप लागेको हो । बैठकमा सहभागी एक नेताका अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका डा. राम लामाको नाममा केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन् ।

केन्द्रीय सदस्य प्रवीण तामाङले समानुपातिकको टिकट कुलमानले बेचेको आरोप लगाएका हुन्।

उनलाई उदृत गर्दै बैठकमा सहभागी ती सदस्यले भने, ‘समानुपातिकमा आफन्तलाई उम्मेदवार बनाइएको छ। टिकट बेचेर उम्मेदवार बनेको हुँदा राम लामाको नाम फिर्ता लिनुपर्छ ।’

उज्यालो पार्टीका नेताहरूका अनुसार राम लामा कुलमानको भान्जा पर्छन् । अर्का केन्द्रीय सदस्य शंकर ढकालले कुलमानले मेरिटोक्रेसीको कुरा गरेर नेपोटिजम गरेको आरोप लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उज्यालो पार्टीतर्फका १८ जना परेका छन्।

कुलमानले आफन्त, सचिवालयमा काम गर्ने, छिमेकी लगायतको नाम समानुपातिकको बन्द सूचीमा राखेका छन् । उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक जारी छ ।

सोमबार साँझमात्रै उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सहमति भएको थियो । सोहीअनुसार रास्वपाकै तर्फबाट उम्मेदवारको सूची बुझाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More