― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsमेघालय कोइला खानी विस्फोटमा मर्नेको संख्या २५ पुग्यो 

मेघालय कोइला खानी विस्फोटमा मर्नेको संख्या २५ पुग्यो 



२४ माघ, काठमाडौं । भारतको मेघालयमा अवैध कोइला खानीमा भएको विस्फोटमा परी पर्नेको संख्या २५ पुगेको छ ।

मेघालयको इस्ट जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा परी मर्नेको संख्या २५ पुगेको हो ।

इस्ट जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षक विकास कुमारले उद्दार टोलीले खानीबाट थप चार शव बरामद गरेको बताएका छन् । उनले घटनाबारे अनुसन्धान र उद्दारको काम जारी रहेको पनि बताएका छन् ।

मेघालयको उमप्लेङ प्रहरी चौकीको क्षेत्राधिकार भित्र पर्ने कोइरला खानीमा बिहीबार बिहान डायनामाइट विस्फोट भएको थियो ।

प्रहरीले बरामद भएका २५ मध्ये १७ शवको सनाखत भएको छ । सनाखत भएका शवहरू कानुनी प्रक्रिया पुर्‍याएर आफन्तलाई बुझाइएको छ ।

उक्त विस्फोटमा परी २ जना नेपालीको समेत मृत्यु भएको छ ।

खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका एकैघरका दाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More