― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsमालपोतमा अझै पनि घुसखोरी रोकिएको छैन – KhabarHost

मालपोतमा अझै पनि घुसखोरी रोकिएको छैन – KhabarHost



२२ पुस, काठमाडौं । गत २६ मंसीरमा भूमि व्यवस्था मन्त्री कुमार इङ्नामलाई आफ्नो मन्त्रालय मातहतका निकायहरू घुसखोरीले बदनाम छन् भन्ने थाह थियो । मन्त्री हुनुभन्दा दुई महिनाअघि जग्गाको सानो टुक्रो मिलाउन मालपोत कार्यालय जाँदा उनले हैरानी खेपेका रहेछन् ।

गत कात्तिक कुरा हो । कुमार इङनामको निवास अगाडि बाटोनिर पर्ने दुई पैसा जग्गा नमिलेको रहेछ । एउटा कुर्सी पनि नअट्ने जग्गा मिलाउन उनी मालपोत कार्यालय जानुपर्ने भयो । उनी सोझै भू-सेवा केन्द्रका मान्छेहरू सँग ठोकिए ।

लेखापढी सेवा भनेर मालपोत कार्यालयबाहिर साइबोर्ड राख्ने र बिचौलियाको काम गर्ने कतिपयले अचेल नाम फेरेर भू-सेवा केन्द्र राख्ने गरेका छन् ।

‘अचेल मालपोत अधिकृत र कर्मचारीहरुले कहाँ सोझै पैसा माग्छन् र ?’ मन्त्री इङ्नामले आफ्नो अनुभव सुनाए, ‘मैले त्यतिबेला राजस्व तिरेर पनि भूसेवा केन्द्रमा पाँच हजार रुपैंया तिर्नुपर्‍यो ।’ त्यसरी रकम बुझाउनुपर्दा उनलाई निकै झोँक चलेको रहेछ ।

भूमी व्यवस्थामन्त्री भएको दुइ सातापछि ९ पुसमा मन्त्री इङ्नाम केही सहयोगीहरू लिएर मालपोत कार्यालय, डिल्लीबजार पुगे ।

त्यहाँ एकजना व्यक्ति मालपोतको ढड्डा बोकेर हिडिरहेका थिए, सोधखोज गर्दा उनी कर्मचारी नभएको खुल्यो । मन्त्रीको टोलीले सोधखोज गर्‍यो, गोप्य रुपमा गएकालाई ढड्डा बोक्नेले मन्त्रीको टोली भनेर चिनेनन् । नोकझोक भयो ।

त्यही दिनको घटनालाई लिएर कतिपयले मन्त्रीसँगै विचौलियाले घुस मागेको भनेर समेत सामाजिक सञ्जालमा हल्ला चलाए । तर विचौलियाले रकम लिएको घटना मन्त्री हुनुभन्दा पहिलेको रहेछ ।

उनीहरू त्यहीँ डुल्दा एक महिला रोइरहेकी थिइन् । उनका पतिले जग्गा पास गर्न जग्गाधनीमा नाम रहेकी पत्नीलाई पनि मालपोतमा लगेका रहेछन् । ‘अब जबर्जस्ती हुने भयो र मेरो केही पनि नरहने भयो’ भनेर ती महिला मालपोतकै कुनामा सुक्सुकाइरहेकी थिइन् ।

मन्त्री इङ्नामले डिल्लीबजारका प्रमुख मालपोत अधिकृतलाई बोलाए । र ‘जुनसुकै बाहनामा पनि सेवाग्राहीलाई कार्यालयभित्र रुने र रुवाउने वातावरण सिर्जना नगर्न’ चेतावनी दिए ।

त्यसपछि मन्त्रीसमक्ष बौद्धनाथ क्षेत्रको गुनासो आयो । जहाँ पूर्वमन्त्री बलराम अधिकारीमाथि पाँच करोड रुपैंया घुस लिएर चिनियाँ लामा नियुक्त भएको व्यहोरा थियो ।

मन्त्रीका अनुसार, ‘घुस बुझाएर नियुक्त भएकाहरुले धार्मिक संस्थामा भावनात्मक रुपमा लेखेर असुली धन्दा चलाइरहेका थिए । मंगलबारको पत्रकार भेट्घाटमा उनले भने, ‘थाह पाएसम्म घुस्याहाहरूलाई निकालेरै छाड्छु ।’

त्यसपछि भूमीमन्त्रीको सचिवालयमा एकपछि अर्को गुनासो र सूचना आउन थाल्यो । सेटिङ मिलाएर मालपोत कार्यालय जानेहरु भूमि व्यवस्था विभागमै सेटिङ गर्न केही कर्मचारीहरुको व्यवस्था गरेका रहेछन् ।

मालपोत कार्यालयको प्रकृति र अवस्था अनुसार दुईदेखि १५-२० लाख रुपैंया मागेर ती कर्मचारीहरुले पदस्थापन गर्ने रहेछन् । ‘हरेक कार्यालयमा यसरी सेटिङ गर्ने हुँदारहेछन्’ मन्त्री इङ्नाम भन्छन्, ‘संलग्न भएको पुष्टि भएकालाई जिम्मेवारीबाट हटाउन भनेको छु ।’ विभागका एक कर्मचारीलाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रालयले पछिल्लो केही दिनमा भक्तपुर, ललितपुर र चाबहिल मालपोत कार्यालयका प्रमुखहरुलाई हटाएर जिम्मेवारीमुक्त गरेको छ । आगजनीले गर्दा काम हुन नसकेपनि चावहिल मालपोतमा कर्मचारीहरुले लेखापढी व्यवसायीबाट मासिक २४ लाख रुपैंया उठाएको भेटिएपछि मन्त्रीले ‘एक्सन’ लिएका थिए ।

‘काम गर्न निकै अप्ठेरो रहेछ, तर कति गर्न सकिन्छ, थाह छैन’ मन्त्रीले आफ्ना कुरा टुंग्याउदै सञ्चारकर्मीहरूसँग भने, ‘घुस्याहाहरूलाई जेलमै हाल्नुपर्ने हो । तर यो निकै गाह्रो काम रहेछ ।’





Read More