― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsनयाँ सदस्यका लागि कांग्रेसले साढे सात लाख फाराम जिल्ला पठायो

नयाँ सदस्यका लागि कांग्रेसले साढे सात लाख फाराम जिल्ला पठायो



२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यहरूका लागि झण्डै साढे सात लाख फारमहरू जिल्ला पठाएको छ । कांग्रेसले सुरूवातमा २५ प्रतिशत र पछिल्लो समय ७५ प्रतिशत सदस्यता फारम जिल्लाहरूमा पठाएको हो ।

पार्टी कार्यालय स्रोतका अनुसार १६५ मध्ये १९ वटा निर्वाचन क्षेत्रले थप नयाँ फारम लैजान बाँकी छ । बुधबारसम्ममा यो संख्या १० मा झर्ने कार्यालयले जनाएको छ ।

कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’का सदस्य प्रकश रसाइली ‘स्नेही’ले अपवादबाहेक सम्पूर्ण जिल्लामा केन्द्रीय कार्यालयबाट नयाँ क्रियाशील सदस्यता फारमहरू पठाइसकिएको बताए । ‘कतिपय ठाउँमा थप फारम पनि माग्ने अवस्था रहेको छ,’ उनले भने ।

कांग्रेसले गत असारमा क्रियाशील सदस्यताको अनुपातमा २५ प्रतिशत नयाँ क्रियाशील बाँड्ने निर्णय गरेको थियो । तर १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता वितरणमा लचकता अपनाउने निर्णय गरेपछि धमाधम नयाँ क्रियाशील सदस्यताको माग भइरहेको छ ।

सदस्यता व्यवस्थापन समितिले ७७ जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता नवीकरणको ‘डाटा इन्ट्री’का लागि ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराइसकेको छ ।

समिति सदस्य रसाइलीले बुधबारसम्म १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिका सभापतिहरूलाई पनि नयाँ क्रियाशील सदस्यताको ‘डाटा इन्ट्री’का लागि ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध उपलब्ध गराइने जानकारी दिए ।





Read More