― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsराजेन्द्र लिङ्देन – KhabarHost

राजेन्द्र लिङ्देन – KhabarHost



२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यही प्रणालीमा रहेर चुनाव गरेर मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने कसैले सोचेको भए त्यो भ्रममात्रै हुने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

एउटा मान्छेलाई सत्तामा बसाउने र अर्कोलाई सत्ताबाट निकाल्नका लागि मात्रै जेनजी आन्दोलन नभएको लिङ्देनको भनाइ छ ।

‘एउटा नेपालीको हातले आफ्नै संसद् भवन जलाउने, आफ्नै अदालत तोडफोड गर्नेसम्मको आक्रोश, एउटा मान्छेलाई सत्तामा बसाउन र एउटालाई सत्ताबाट निकाल्नका लागि मात्रै भएको थिएन भन्ने बुझ्नुपर्छ,’ लिङ्देनले भने, ‘र, अब चुनाव गर्ने र मुलुकलाई अघि लैजाने सोचेको छ भने त्यो भ्रम हुन्छ ।’

आफूहरूले वर्तमान सरकार गठन हुनेबेलामा नै यसबारे सुझाव दिएको पनि उनले उल्लेख गरे ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी जिम्मेवार राजनीतिक पार्टी हुनाले यो सरकार बन्ने बेलामा नै सुझाव दिएका छौं । यो सरकार बन्ने प्रक्रियाकै बेलामा हामीले हाम्रो सुझाव भनेका छौं,’ लिङ्देनले भने, ‘यो विद्रोह एउटा मान्छे फेर्ने र ०८४ को चुनाव ०८२ मा गर्न भएको होइन । यो सरकार बन्ने भएसँगै केही कुरा सुनिश्चित गरेर जानुपर्छ ।’

निर्वाचन प्रणाली, राज्य संरचना, शासकीय प्रणाली र संवैधानिक अंगका नियुक्तिबारे टुंगो लगाएर मात्रै अघि जानुपर्ने उनको भनाइ थियो ।

‘जेनजी आन्दोलनको मागलाई सम्बोधन गरेर मात्रै अघि जानुपर्छ भनेर हामीले भन्यौं । तर दुई दिन नबित्दै प्रतिगमन भयो । फेरि उही व्यवस्था, व्यक्ति परिवर्तन र उही प्रणाली अन्तर्गतको निर्वाचन । फेरि भन्छु, यो समस्याको समाधान होइन,’ उनले भने ।

फागुन २१ गते यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु भनेको समस्यालाई अलिकति परतिर धकेल्ने मात्रै कुरा रहेको उनको भनाइ छ । ‘यो समस्याको समाधान होइन । यो भन्दा ठूलो ध्वंस देशले बेहोर्नपर्ने हुनसक्छ,’ लिङ्देनले भने ।





Read More