― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsतेक्वान्दो टोली चीन जाँदै – KhabarHost

तेक्वान्दो टोली चीन जाँदै – KhabarHost


राष्ट्रिय

समाचार.

  • चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगितामा लिटिल बड र गोंगबुका १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
  • प्रतियोगितामा लिटिल बडका ५ खेलाडी र गोंगबुका ८ खेलाडीले विभिन्न उमेर समूहमा कौशल प्रदर्शन गर्ने छन्।
  • टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूले बिदाइ गरेका छन् र टोली डिसेम्बर ३१ देखि जनवरी ३ सम्म प्रतियोगितामा सहभागी हुन चीन जाने छ।

१२ पुस, काठमाडौं । चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका ८ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिटिल बडबाट यू–६ महिला एकल पुम्सेमा इनाया महर्जन, यू–८ एकल पुम्सेको पुरुषमा अभेन थापा र महिलामा आरभी ज्ञवाली तथा यू–१० एकल पुम्सेको पुरुषमा आयाम पौडेल र महिलामा यात्ना तिमिल्सिनाले कौशल प्रदर्शन गर्ने छन् ।

गोंगबुबाट पुरुष २६ केजीमा सोहन पाठक, महिला ३० केजीमा हृदियानी बस्नेत र महिला ३६ केजीमा जोलिना बस्नेत खेल्ने छन् । यू–८ महिला एकल पुम्सेमा माइरा कार्की, यू–१२ पुरुष एकल पुम्सेमा श्रेयान कार्की र सक्षम श्रेष्ठ, यू–१४ महिला एकल पुम्सेमा आश्रिया उपाध्याय तथा यू–१८ पुरुष एकल पुम्सेमा युजेन तामाङले सहभागिता जनाउने छन् ।

लिटिल बड र गोंगबु दुवैका प्रशिक्षक सरोज तामाङ हुन् । सरोजसँगै विकेश विडारी प्रशिक्षकका रुपमा चीन जाँदै छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगतामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा राखेप सदस्यमा नियुक्त भएकोमा घिसिङलाई गोंगबु र गोलढुंगा तेक्वान्दो डोजाङले सम्मान गरेको थियो ।

डिसेम्बर ३१ देखि जनवरी ३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चीन जाने छ ।





Read More