― Advertisement ―

Amnezia VPN ले 20 प्रिमियम सर्भर स्थानहरू पुनर्स्थापना गर्दछ र साइबर आक्रमणहरू पछ्याउने प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति दिन्छ

PN2r0 प्रि-अम्नेजियाको लागि पहुँच पुर्‍याउने स्थान प्रयोगकर्ताहरूप्रदायकले पनि सक्रिय रूपमा प्रिमियम सदस्यहरूलाई क्षतिपूर्ति जारी गर्दैछयो संदिग्ध राज्य-प्रायोजित DDoS आक्रमणहरूको बीचमा एक प्रमुख अपडेट पछ्याउँछसेन्सर...
HomeLatest newsबलियो पासवर्ड राख्नू – KhabarHost

बलियो पासवर्ड राख्नू – KhabarHost


राष्ट्रिय

समाचार.

  • चलचित्र विकास बोर्डले कलाकार तथा चलचित्रकर्मीको नाम र फोटो दुरुपयोग गरी अनलाइन ठगी बढेकाले सजग हुन आग्रह गरेको छ।
  • बोर्डले सामाजिक सञ्जालमा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्य प्रयोग गर्न सुझाएको छ।
  • प्रहरीको साइबर ब्यूरोले पनि कलाकारको नाममा पैसा माग्दा पुष्टि नगरी रकम नपठाउन सचेत गराएको छ।

काठमाडौं । कलाकार तथा चलचित्रकर्मीको फोटो र नाम दुरुपयोग गरेर अनलाइन ठगीका घटना हुन थालेपछि चलचित्र विकास बोर्डले सजग हुन आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै बोर्डले चलचित्रकर्मीलाई आफ्ना सामाजिक सञ्जालका खातामा बलियो पासवर्ड र ‘टू फ्याक्टर अथेन्टिकेसन’ अनिवार्यरुपमा प्रयोग गर्न सुझाएको छ ।

कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउन समेत भनेको छ ।

पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्स एप लगायतका सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्वीर प्रयोग गरि नक्कली आइडी बनाउने, वास्तविक आइडी ह्याक गर्ने, साथीभाइ र शुभचिन्तकसँग पैसा माग्ने ठगीका घटना बढिरहेको तर्फ बोर्डले सचेत समेत गराएको छ ।

पछिल्ला केही सातायता चर्चित फिल्म र संगीत क्षेत्रका कलाकारको नाम र फोटो दुरुपयोग गरि अनलाइन ठगीका घटना बढेका छन् । प्रहरीको साइबर ब्यूरोले समेत यसतर्फ सचेत हुन आग्रह गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More