― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsट्रफी बोकेर हिमाली जिल्ला रुकुमपूर्व पुग्यो लुम्बिनी लायन्स (तस्वीरहरू)

ट्रफी बोकेर हिमाली जिल्ला रुकुमपूर्व पुग्यो लुम्बिनी लायन्स (तस्वीरहरू)



​८ पुस, रुकुमकोट । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स यतिबेला खुसी साट्न मैदानबाट जनस्तरमा पुगेको छ । ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ अन्तर्गत सोमबार लुम्बिनीको टोली देशकै कान्छो जिल्ला रुकुमपूर्व पुगेको छ । साँझको समयमा ट्रफीसहित विजेता टोली आइपुग्दा वातावरण निकै उत्साहपूर्ण बनेको बन्यो ।

​लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका खेलप्रेमीहरू पहिलोपटक ट्रफीलाई आफ्नै आँगनमा पाउँदा हर्षविभोर देखिएका थियो ।

​सदरमुकाम रुकुमकोटको छिप्रिदह बजारदेखि पर्यटकीय स्थल कमल तालको परिसरमा क्रिकेट प्रेमीहरूको बाक्लो उपस्थिति रहेकाे थियो । सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पन्छाउँदै ट्रफी जितेको लुम्बिनी लायन्सले यो सफलतालाई आफ्नो प्रदेशका बाह्रै जिल्लाको साझा गौरवको रूपमा मनाइरहेको छ ।

​बाँकेबाट सुरु भएको ट्रफी टुर बर्दिया र दाङ हुँदै तेस्रो दिन रुकुम पूर्व पुगेको हो । रुकुमपूर्वका युवाहरूमा उत्तिकै प्रगाढ देखिएको छ ।

​लुम्बिनी लायन्सको यो यात्रा ट्रफी देखाउनमा मात्र सीमित छैन । टोलीले प्रदेशका सबै जिल्ला घुमेर क्रिकेटको माहोल तताउने लक्ष्य राखेको बताएको छ। स्थानीय समर्थकहरूसँग खुसी साट्ने र क्रिकेट क्रेज बढाउने रुकुमपूर्वमा ट्रफीसँग तस्वीर खिचाउन निकै चासो दिखिएको थियो ।

१२ वटै जिल्लाको भ्रमण सकेपछि पुस १६ गते (सन् २०२५ को अन्तिम दिन) बुटवलमा भव्य समापन हुनेछ । ​बुटवलमा हुने उक्त ‘ग्रान्ड सेलिब्रेसन’लाई ‘न्यु इयर इभ’ सँग जोडेर अझ विशेष बनाउने क्लबको तयारी छ ।

तस्वीर : बालाराम शेर्पाली





Read More