― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsरवि-बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्- कथाको सुखद सुरुवात भएको छ

रवि-बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्- कथाको सुखद सुरुवात भएको छ


राष्ट्रिय

समाचार.

  • रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच मध्यरातमा भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन्।
  • भेटवार्ता असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा मध्यरातसम्म चलेको थियो र उनीहरु एउटै गाडिमा निस्केका थिए।
  • असिम साहले भने- बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो र यो भेटले एकताको सन्देश दिएको छ ।

८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं का मेयर बालेन साहबीच  मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् ।

गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको थियो । भेटपछि उनीहरु एउटै गाडिमा बसेर निस्किका थिए ।

भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

भेटमा भएका छलफलका विषय सार्वजनिक त भएका छैनन् तर यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन् ।

भेटवार्ताको चाँजोपाँजो मिलाएका रास्वपा नेता असिम साहले सञ्चारकर्मीहरुसँग भने, ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो ।  त्यसको सुखद सुरुवात भएको छ । सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’

उनले फेसबुकमा पनि लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

सहकारीको रकम हिनामिनाको आरोपमा लामो समयको कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रविले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका छन् ।





Read More