― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsजन्मदिन मनाउने पैसा कटौती गरेर विद्यालयमा अक्षयकोष स्थापना

जन्मदिन मनाउने पैसा कटौती गरेर विद्यालयमा अक्षयकोष स्थापना



९ माघ, ​रुकुमपूर्व । रुकुमपूर्वमा एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा आमाबुबाको नाममा विद्यालयमा ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो परम्परालाई चिर्दै रुकुमपूर्वको ​भूमे गाउँपालिका-३ का समाजसेवी चन्द्र रसाइलीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापना गरेका हुन् ।

रसाइलीले स्थानीय शहीद शुक्र माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुबा-आमाको नाममा उक्त राशीको अक्षयकोष स्थापना गरी रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

भूमे-३ का वडाध्यक्ष परशुराम बुढामगरले रसाइलीको यो कार्य अरूका लागि पनि प्रेरणाको स्रोत हुने बताए ।

‘युवाहरूले आफ्नो गाउँ र विद्यालय सम्झनु सुखद् पक्ष हो। रसाइलीको यो योगदानले वडाको शैक्षिक अभियानमा थप ऊर्जा प्रदान गरेको छ,’ उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगबहादुर पुनमगरले अक्षयकोषको उचित सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

‘हामी यो कोषबाट प्राप्त हुने ब्याजमार्फत जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछौँ,’ पुनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More