― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsउम्मेदवार नै अर्को पार्टी प्रवेश गरेपछि – KhabarHost

उम्मेदवार नै अर्को पार्टी प्रवेश गरेपछि – KhabarHost



९ माघ, डोल्पा । डोल्पामा मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेकी जुनु भण्डारी कांग्रेस प्रवेश गरेकी छन्।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि ६ माघमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेकी भण्डारी शुक्रबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेकी हुन् ।

उनलाई कांग्रेस सहमहामन्त्री एवं कांग्रेसबाट उम्मेदवार दर्ता गराएका कर्णबहादुर बुढाले पार्टीमा प्रवेश गराएका थिए ।

उनले कांग्रेस प्रवेश गरेको भनिए पनि उनको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले तोकेको समयम सीमाभित्र कोही पनि उम्मेदवारले आफ्नो उम्मेदवारी आधिकारिक रूपमा फिर्ता नलगेको र सबै उम्मेदवारको उम्मेदवारी यथावत रहेको कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय थियो ।

प्रतिनिधिसभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा ९ जनाको उम्मेदवारी परेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पाबाट नेपाली कांग्रेसका बुढा, नेकपाका धनबहादुर बुढा, नेकपा एमालेका लंकबहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढा, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी र ओमेन्द्र केसीको स्वतन्त्र उम्मेदवारी परेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More