― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsगगन थापा – KhabarHost

गगन थापा – KhabarHost



१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा नपर्ने ठूलो विश्वास आफूहरूले राखेको बताएका छन् ।

मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका छन् ।

‘निर्वाचन आयोगलाई हामी ठूलो भरोसा राख्छौं । संविधानले चिनेको निर्वाचन आयोग हो । निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने हाम्रो ठूलो विश्वास छ,’ सम्बोधनका क्रममा उनले भने ।

निर्वाचन आयोगले प्रचलित कानुन, परम्परा, विधान र यहाँ भित्रको उपस्थितिलाई हेर्नुपर्ने उनको भनाइ छ ।

‘निर्वाचन आयोग प्रचलित कानुन, परम्परा, विधान र यहाँ भित्रको उपस्थितिलाई हेर्छ । यत्रो भव्य उपस्थिति भएको छ । यहाँभित्रको विधानलाई हेर्छ,’ थापाले भने, ‘विधान महाधिवेशनभन्दा ठूलो विधानले अरु कुनै पनि ठूलो संरचना भनेको छैन । भोलि पार्टीका सदस्यहरू कता उभिएका छन् भनेर हेर्ने हो भने पनि, करिब १० लाख नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य छ । निर्वाचन आयोगले हेरौं भनेको बेलामा १० लाखमध्ये ९ लाख ८० हजार सदस्य एक ठाउँमा उभिएनन् भने त्यो बेलामा भन्ने अवस्था आउँछ, नेपाली कांग्रेस कहाँ छ भन्ने कुरा त्यसैले पनि देखाउँछ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More