― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsखैरो हेरोइनसहित एक जना पक्राउ – KhabarHost

खैरो हेरोइनसहित एक जना पक्राउ – KhabarHost



२ माघ, काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाईं रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘टोखा नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित चौलागाईँलाई पक्राउ गरिएको हो ।’

प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More