― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsविधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गर्‍यौँ – KhabarHost

विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गर्‍यौँ – KhabarHost



२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगलाई पार्टीको विशेष महाधिवेशन आह्वान गर्नुपरेको अवस्थाबारे जानकारी गराएका छन् ।

पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन गर्न नखोजेपछि आफूहरूले आह्वान गरेर सम्बोधन गरेको बताएका हुन् ।

उनले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले आफूहरूलाई गरेको कारबाही विधानसम्मत नभएको पनि आयोगका पदाधिकारीलाई जानकारी गराए ।

विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै कांग्रेसको आधिकारिक रहेको दाबीसहित उनले भने, ‘
कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताहरूले विधानअनुसार नै गरेको हो । नियमित महाधिवेशनको तालिका आएपछि विशेष महाधिवेशन खारेज भयो भन्ने तर्क सही भएन ।’

नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने पद्दति भएको पनि थापाको भनाइ छ ।

‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्थालाई हामीले सम्बोधन गरेर अघि बढाएका हौँ,’ उनले भने, ‘१५औं महाधिवेशनको तालिका कार्यान्वयन नहुने अवस्थामा हामी विशेष महाधिवेशन आह्वान गर्ने अवस्थामा पुग्यौँ । नेपाली कांग्रेसको विधानले केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरेको छ । सोहीअनुसार काम गरियो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More