― Advertisement ―

ब्ल्याकबेरीको बिर्सिएको प्याटेन्टहरू फेरि गर्जन्छन् किनकि भाइले सम्पूर्ण विश्वव्यापी प्रिन्टर उद्योगलाई हल्लाउन सक्ने मुद्दाको सामना गर्नुपरेको छ।

आधुनिक कानूनमा ब्ल्याकप्याटस्युरिङ टारगेटिङ प्रविधिहरूभाइले लिगेसी मोबाइल आविष्कारहरूमा जानाजानी उल्लङ्घनको दावीहरू सामना गर्छन्प्याटेन्ट फर्महरूले क्षतिपूर्ति र उत्पादनको पुन: डिजाइनलाई व्यापक बनाउन दबाब दिन्छन्दुई प्याटेन्ट...
HomeLatest newsएकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न जनार्दनको माग

एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न जनार्दनको माग



१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्र्माले नेकपा एकीकृत समाजवादीसँगको एकता तत्काल स्थगन गर्न माग गरेका छन् ।

पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ ।

सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’

एकीकृत समाजवादीसँगको एकताले वर्तमानको देशको राजनीतिक संकट समाधान नगर्ने उनको निष्कर्ष छ ।

एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्नुपर्ने कारणमा उनी भन्छन्, ‘यस्तो एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहोर्‍याउनेछ ।’

माओवादी केन्द्रको पार्टीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकांक्षालाई बेवास्ता गर्ने भन्दै उनी थप्छन्, ‘यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको बिगठनको बाटो रोजेको छ।’

एकीकृत समाजवादीसँग बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी एता गर्न खोजिएको उनको टिप्पणी छ, ‘एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पुरÞ्याउनेछ ।’

अहिलेको अवस्थाको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने उनको दाबी छ । भन्छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ। त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More