― Advertisement ―

यस सप्ताहन्तको Amazon UK बिक्रीबाट सबै उत्कृष्ट प्राविधिक सम्झौताहरू — मैले Lenovo, Ninja, Philips, र थपका शीर्ष ११ प्रस्तावहरू छानेको छु।

यो हप्ताको अन्त्यमा Amazon UK। जबकि प्रमुख बिक्री घटनाहरूको तुलनामा अहिले धेरै कम प्रस्तावहरू छन्, त्यहाँ अझै पनि केही ठोस मोलतोलहरू समात्नका लागि...
Homeराष्ट्रिय समाचारहानिकारक हुन सक्छ – KhabarHost

हानिकारक हुन सक्छ – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् ।

पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ ।

सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

उक्त बैठकमा प्रचण्डले भने एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका छन् । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।

तथापि, कसरी दुवै संगठनलाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताएका हुन् ।

छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

नेता जनार्दन शर्माले भने हतारमा एकता गर्न नहुने मत राखेका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More