― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsआशिकाको आक्रोश- समानुपातिकको नाममा पहुँचको राजनीति, कर्णाली र सुदूरपश्चिम फेरि उपेक्षित

आशिकाको आक्रोश- समानुपातिकको नाममा पहुँचको राजनीति, कर्णाली र सुदूरपश्चिम फेरि उपेक्षित


राष्ट्रिय

समाचार.

  • सामाजिक अभियन्ता आशिका तामाङले समानुपातिक प्रतिनिधित्व प्रक्रियामा गम्भीर असमानता र पक्षपात भएको आरोप लगाएकी छन्।
  • उनले कर्णाली र सुदूरपश्चिमका पिछडिएका क्षेत्रहरू राज्यबाट उपेक्षित भएको र समानुपातिक कोटामा न्यून प्रतिनिधित्व भएको बताएकी छन्।
  • आशिकाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने चर्चा गरेकी छन् र बालेन शाहसँग सल्लाह भएको उल्लेख गरेकी छन्।

१५ पुस, काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले समानुपातिक प्रतिनिधित्वको प्रक्रियामा गम्भीर असमानता र पक्षपात भएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्‍जालमा लेख्दै नयाँ समानुपातिक प्रणालीमा पनि पारदर्शिता र निष्पक्षताको कमी रहेको आरोप लगाएकी हुन्।

आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भइरहेका बेला उनले असन्तुष्टि व्यक्त गरेकी हुन् । निमुखा वर्ग र जातका लागि छुट्याइएको कोटामा समेत पहुँच र चिनजानका आधारमा अवसर बाँडिएको उनको गुनासो छ ।

उनले उदाहरण दिँदै मिस नेपाल, ठेकेदारका छोरा, आफन्त र आसेपासे, छिमेकी, र सानोमा स्कुल पढेका साथीहरू समेत सांसद र मन्त्री बन्ने अवसर पाएको भन्दै कटाक्ष गरेकी छन्।

यस्तै उनले कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रहरू राज्यबाट निरन्तर उपेक्षित भइरहेको समेत बताएकी छन्। कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालिकोट जिल्लाबाट धेरै जेन्जी घाइते युवाहरू रहँदारहँदै पनि समानुपातिक कोटामा पर्नुपर्ने कम्तीमा १५ जनामध्ये केवल ३ जनालाई मात्र समेटिनुले राज्यको नीतिमा गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

उनले सुदूरपश्चिम क्षेत्रलाई राज्यले सधैं टाढा राख्ने परम्परा नै बसेको हो कि भन्ने प्रश्न गर्दै, समानुपातिक प्रणालीको मूल मर्म नै कमजोर पारिएको उल्लेख गरेकी छन्।

‘समानुपातिक प्रतिनिधित्व भनेको पिछडिएका, अल्पसंख्यक वर्ग र राज्यको नीति निर्माणबाट टाढा पारिएका क्षेत्रका नागरिकलाई अवसर दिनु हो। तर व्यवहारमा भने भ्रष्ट ठेकेदार र बिचौलियाका छोराछोरी सांसद र मन्त्री बन्ने अवस्था देखिएको छ’ उनले आरोप लगाएकी छन्।

उनले प्रश्न गर्दै भनिन्, ‘नेपो किड्स’ विरुद्ध लड्दै ७३ जना जेन्जी दाजुभाइ तथा दिदीबहिनीहरूले राज्यका लागि दिएको आहुती र बलिदानको मूल्य आज यही दिन देख्नका लागि थियो त?

आगामी निर्वाचनमा आशिकाले पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिने चर्चा छ । उनले केही दिनअघि बालेन शाहसँग छलफल गरेको र प्रत्यक्ष निर्वाचन लड्ने सल्लाह भएको बताएकी थिइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More