― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsसांसद बिक्री केन्द्र बनाएछन् – KhabarHost

सांसद बिक्री केन्द्र बनाएछन् – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दलहरूले समानुपातिक बन्दसूचीलाई सांसद पद बिक्री केन्द्र बनाएकोमा आपत्ति जनाएकी छन्।
  • उनले दलहरूले आफ्ना नातेदारलाई समानुपातिक उम्मेदवारमा अवसर दिएको र सुदूरपश्चिमलाई देशको मानचित्रमा सम्झाउनुपर्ने बताएकी छन्।
  • उनले समानुपातिक प्रणालीले सदियौँदेखि पछि पारिएका समुदायको उत्थान गर्ने उद्देश्य राखेको र अहिले त्यसलाई दलहरूले बदरूप बनाएको उल्लेख गरिन्।

१५ पुस, काठमाडौँ । जेनजी प्रतिनिधि रक्षा बमले राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले समानुपातिक सूची देखेर मन खिन्न भएको र दलहरूले समानुपातिक प्रणालीलाई सांसद किनबेचको थलो बनाएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो,’ उनले भनेकी छन्, ‘निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो।
दुखद् कुरा चाहिँ, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्।’

त्यस्तै समानुपातिक उम्मेदवारमा नेताहरूले आफन्तलाई अवसर दिएकोमा पनि उनले आपत्ति जनाएकी छन् ।

‘आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो,’ उनले अगाडि लेखेकी छन्, ‘र यसैबीच, मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् ।’

उनले पुस १५को शुभकामना दिँदै सुदूरपश्चिम पनि यही देशमै पर्छ भनेर देशको मानचित्रमा सम्झाउनै पर्ने भएको पनि बताएकी छन् ।

‘प्रिय सुदूरपश्चिम, पुस १५ को शुभकामना । यतिखेर म आफ्नो भूगोलबाट टाढा छु। रातभरि जागै बसेर पकाएको भुन्या रोटी मीठो होस् । बिहान चियासँग सुख र समृद्धि पुकार्दै खाउँला,’ उनले भनेकी छन्, ‘तर हामीले सम्झनै पर्ने कुरा के हो भने हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौँ । यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ ।’

बम पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा खुलेकी छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More