१० माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन स्वच्छ भए आफू नेतृत्वको पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।
शनिवार विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
‘निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्न सक्छ’ प्रचण्डले भनेका छन् ।
पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिने उनको आग्रह छ ।
प्रचण्डको सचिवालयका अनुसार शनिवार विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

