― Advertisement ―

‘ह्याक गरिएको’: ह्याकरले Seiko USA वेबसाइटलाई बिगार्छ र ‘पूरा ग्राहक डाटाबेस’ को चोरीको दाबी गर्छ – यहाँ हामीलाई थाहा छ

सेइको यूएसएड वेबसाइट आक्रमणकारीहरूले Shopify ब्याकएन्ड उल्लङ्घन दाबी गर्छन्धम्की अभिनेताहरूले पूर्ण ग्राहक डाटाबेसको चोरीको आरोप लगाउँछन्, 72 घण्टा भित्र फिरौती माग्छन्अहिलेसम्म कुनै डार्क वेब...
HomeLatest newsकमल थापा – KhabarHost

कमल थापा – KhabarHost



१० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना नभइ सत्तामा जानु नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पारे । राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्त्वपूर्ण सन्देश जाने जिकिर समेत उनले गरे ।

‘हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना नभइकन हामी सत्तामा जानु छैन । सत्ता केन्द्रित राजनीति गर्ने छैनौं । यो सन्देश हामीले प्रत्येक नेपालीलाई दिन सक्नुपर्छ । स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर जाँदा देश विदेशमा एउटा बलियो सन्देश जान्छ,’ थापाले भने ।

काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या रहेको उनको भनाइ छ । राजतन्त्रवादी जनमतलाई भोटमा बदल्नसके विजयी निश्चित रहेको उनको भनाइ थियो ।

‘त्यसका लागि हामी निरन्तर रुपमा खटिरहेका छौँ । काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या छ । जनमत छ । त्यो जनमतलाई भोटमा परिणत गराउनसके फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ,’ थापाको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More