― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsकैलाली–५ मा प्रेम आलेसँग रास्वपाबाट भिड्दै जनस्वास्थ्य अभियन्ता चन्द

कैलाली–५ मा प्रेम आलेसँग रास्वपाबाट भिड्दै जनस्वास्थ्य अभियन्ता चन्द



१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ मा जनस्वास्थ्य अभियन्तालाई आनन्द चन्दलाई उम्मेदवार बनाएको छ ।

चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन् ।

यो क्षेत्रमा कांग्रेसबाट नरनारायण शाह, नेकपाबाट प्रेम आले प्रतिस्पर्धामा छन् ।

पुर्खौली थलो बैतडी रहेका चन्दको परिवार कैलाली झरेको थियो । धनगढी उपमहानगरपालिका– ८ मा बासिन्दा चन्दले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापक थिए ।

जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी सम्पन्न गरेका हुन् ।

अध्ययन तथा अनुसन्धानमा सक्रिय उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

चन्द नेपालको सुर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता समेत  हुन् ।

सूर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूम्रपान निषेध कानुन, सुर्तीजन्य पदार्थको विज्ञापन नियन्त्रणजस्ता नीतिमा सरकारलाई दबाब साथै सघाउने कार्य गर्दै आएका छन् । चन्दले शनिबार देखि प्रचार सुरु गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More