― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsमाघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ।
  • सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन्।
  • उपसभापति शर्मा चुनावी प्रचार प्रसार समितिको संयोजक नियुक्त भएका छन् र प्रदेश समितिको बैठक तयारीका लागि बस्नेछ।

१० माघ, काठमाडौं । नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ ।

सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । पार्टीले उपसभपाति शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ ।

जनकपुरमा हुने सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने भएका छन् । सभाको तयारीको तयारीका प्रदेश समितिको शनिबार बैठक बस्न लागेको मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।

‘प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको आज बैठक बस्दैछ,’ गुप्ताले अनलाइनखबरसँग भने, ‘माघ १६ गते हुने बृहत् सभामा लाखौं मान्छे सहभागी हुन्छन् ।

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन् । यसपटकको निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् ।

यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी सभा गरेको थियो । जुन सभाबाटै काठमाडौंका पूर्वमेयर बालेन शाहले औपचारिक रुपमा चुनावी सभामा सम्बोधन गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More