― Advertisement ―

HomeLatest newsपर्सा-४ मा कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजालको उम्मेदवारी

पर्सा-४ मा कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजालको उम्मेदवारी


राष्ट्रिय

समाचार.

  • पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका रमेश रिजालले उम्मेदवारी दर्ता गराएका छन्।
  • रमेश रिजालले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरी निर्वाचित भएका थिए।
  • रमेश रिजाल १४ वर्षको उमेरमा म्याट्रिक गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक भएका हुन्।

६ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

६ दशक लामो राजनीतिक संघर्ष गरेका रिजालले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरी निर्वाचित भएका थिए । रिजालले ३१ हजार १ सय ४२ र मन्सुरीले २५ हजार ६ सय १२ मत पाएका थिए ।

पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजाल १४ वर्षकै उमेरमा म्याट्रिक (एसएलसी) गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक भए ।

उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–०४६ को अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए ।

पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा आएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिएका रिजाल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा ०७९ मा नेपाली काँग्रेसको तर्फबाट उद्योग मन्त्रीमा नियुक्त भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More