― Advertisement ―

HomeLatest newsरुपन्देही-२ मा एमालेका विष्णु पौडेल र कांग्रेसका चुन्न पौडेलसहित ३४ को उम्मेदवारी

रुपन्देही-२ मा एमालेका विष्णु पौडेल र कांग्रेसका चुन्न पौडेलसहित ३४ को उम्मेदवारी


राष्ट्रिय

समाचार.

  • फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
  • नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरेका छन्।
  • उम्मेदवारी दर्ता गर्नेमा एमाले उपाध्यक्ष पौडेल, नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेल, रास्वपाका सुलभ खरेल लगायत ३४ जना रहेका छन्।

६ माघ, बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल  र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

यो क्षेत्रबाट लगातार जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्वस्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् । उम्मेदवारी दर्तापछि पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरे । २०७४ को भन्दा बढी मतान्तरले चुनाव जित्ने उनको भनाइ छ ।

२०७४ मा पौडेलले ४४ हजार ९ र नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । बिहान १० बजेबाट सुरु भएको मनोनयनका क्रममा रुपन्देही-२ मा सवा ४ बजेसम्म ३४ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीले जानकारी दिए ।

उनका अनुसार राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष्ट्रिय जनमोर्चाबाट रुकबहादुर पराजुली, जनता समाजबादी पार्टी नेपालबाट दिपक गुरुङ, नेकपा माओवादीबाट बीरेन्द्र बिक, राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा , श्रम संस्कृति पार्टीबाट भिमबहादुर गौतम, समावेशी समाजवादी पार्टीबाट देवेन्द्रबहादुर खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसन अर्गनाइजेनबाट चन्द्र कुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जु र नेसनल रिपब्लिक नेपालबाट थम्मन बहादुर बुढा मगरले मनोनयन दर्ता गरेका छन् ।

यस्तै स्वतन्त्रबाट हिजो मात्रै श्रम संस्कृति पार्टी परित्याग गरेकी उक्त पार्टीकी लुम्बिनी प्रदेश सहसंयोजक सुशीला पुलामी मगर लगायत १७ जना रहेका छन् । अन्तिम समयसम्म उम्मेदवारको संख्या बढ्न सक्ने पराजुलीले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More