― Advertisement ―

HomeLatest newsक्रिकेटर गुल्शनलाई एसजीको साथ – KhabarHost

क्रिकेटर गुल्शनलाई एसजीको साथ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली राष्ट्रिय क्रिकेटर गुल्शन झा र क्रिकेट किट कम्पनी सान्सपरेइल्स ग्रिनल्याण्ड्सबीच एक वर्षको प्रायोजन सम्झौता भएको छ।
  • हिमालयन विलोका प्रदिप यादवले नन्दन यादवलाई ब्राण्ड एम्बासडर र सन्दिप जोरा र गुल्शनलाई प्रायोजन गराएको जानकारी दिए।
  • गुल्शनले आसन्न आईसीसी टी२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने र नेपाली टिम तयार रहेको बताए।

२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर गुल्शन झा र क्रिकेट किट कम्पनी सान्सपरेइल्स ग्रिनल्याण्ड्स (एसजी)बीच प्रायोजन सम्झौता भएको छ । हिमालयन विलोको संयोजनमा शुक्रबार एसजी र गुल्सनबीच सम्झौता भएको हो ।

सम्झौता एक वर्षको लागि भएको हिमालयन विलोका प्रदिप यादवले जानकारी दिए । यस किसिमको सहयोगले खेलाडीहरुलाई मैदानमा राम्रो प्रदर्शन गर्न मोटिभेट गर्ने गुल्सनले बताए । साथै उनले आसन्न आईसीसी टी२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने र नेपाली टिम तयार रहेको बताए ।

क्रिकेट सामाग्री स्टोर गर्ने हिमालयन विलोले यसअघि नन्दन यादवलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको थियो भने सन्दिप जोरालाई केजीको प्रायोजन मिलाएको थियो ।

हिमालयन विलोका सिइओ तथा को-फाउण्डर प्रदिप यादव प्रदिप यादवले नन्दनलाई ब्राण्ड एम्बासडर बनाएर जोरा र गुल्शन दुई खेलाडीलाई प्रायोजन समेत गराइसकेको र आगामी दिनमा पनि अन्य खेलाडीसँग सहकार्य गर्ने योजना रहेको बताए ।

साथै उनले छिट्टै महिला खेलाडीका लागि पनि प्रायोजन गर्ने योजना रहेको जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More