― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsज्वाईं-जेठानले असोजदेखि नै बनाएका थिए योजना – KhabarHost

ज्वाईं-जेठानले असोजदेखि नै बनाएका थिए योजना – KhabarHost



२ माघ, काभ्रेपलाञ्चोक । सिन्धुलीको घ्याङलेख–२ बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंक लुटपाट घरबेटीकै योजनामा भएको खुलेको छ । घरबेटी र उनका जेठान मिलेर गत असोजदेखि नै बैंक लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न सात जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा घ्याङलेख–२ का ४४ वर्षीय छविलाल स्याङ्तान (घरबेटी), सिन्धुली घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु (छविलालका जेठान), काभ्रेपलाञ्चोक, साविक उग्रतारा जनगाल गाविस–२ घर भई हाल बनेपा नगरपालिका– १० बस्ने ४२ वर्षीय भागवतसिंह थापा (सुमो चालक) रहेका छन् ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ र उनका शाथीहरू, नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी र १९ वर्षीय विवेक मगर तथा परिवर्तित ३१ जिल्ला बस्ने १६ वर्षीय परिवर्तित नाम ०८२–०८३ सिन्धुली पनि पक्राउ परेका छन् ।

३० पुस बिहान घ्याङलेख–१ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्ति तथा घरधनीलाई तथा माघ १ गते चतुरमानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट खुकुरी २ थान, प्लास्टिकको पेस्तोल १ थान, मोबाइल ५ थान, ठूलो पानी टेप (प्रयोग) भएको १ थान, कालो रङको नकाब ३ थान र रातो रङको नकाब १ थान गरी ४ थान र कालो पञ्जा १ जोरसमेत फेला परेको छ ।

प्रहरीका अनुसार पुस २९ गते राति ८:४० बजे घ्याङलेख–२ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाट भएको थियो । लुटेराले गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीहरूलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरेका थिए । उनीहरूले गार्ड कार्कीलाई सामान्य घाइते बनाएपछि मुखमा पट्टी बाँधेर लुटपाट गरेका थिए ।

प्रहरीका अनुसार सूचना लगत्तै तत्काल इलाका प्रहरी कार्यालय बस्तीपुर सिन्धुलीबाट खटिएको टोली घटनास्थलमा पुग्दा २ वटा कोठामा बैंकका कर्मचारीहरू र बैंकका सुरक्षा गार्ड हातखुट्टा बाँधिएको तथा मुखमा टेप टाँसिएको अवस्थामा फेला परेका थिए ।

हातखुट्टा बाँधेर मुखमा टेप टाँसिएको अवस्थामा कर्मचारीहरूलाई तत्काल उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख सुवेदीले बताए । कर्मचारीको उद्धारपछि बैंक लुटेर फरार भएका व्यक्तिको पहिचान तथा पक्राउ गर्न तत्काल उनीहरू गएको स्थानमा प्रहरी टोली पुगेको थियो ।

‘त्यस बेला स्थानीय मानिसहरूको धेरै नै साथ पाइयो । उहाँहरूको साथ र सहयोगले लुटेराहरू भाग्न सक्ने नाकाहरूमा प्रहरी तैनाथ गर्यौ,’ एसपी सुवेदीले भने, ‘स्थानीयको साथले केही नगद त्यसै बेला फेला पार्न सफल भयौं ।’

प्रहरीका अनुसार घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ टाटा सुमो र चालक भागवतसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूले काभ्रेबाट केटी भगाउन जाने भनेर गाडी बुक गरेका थिए । बनेपाबाट योजनाकारमध्ये चतुरमान बजुले टाटा सुमो रिजर्भ गरेका थिए । प्रहरीका अनुसार लुटेराहरू केही समयपश्चात् आउने भएकाले पर्खी बसेको जानकारी गराएकोमा शंका लागि तत्काल सुमो र सुमो चालकलाई नियन्त्रणमा लिई अनुसन्धान तथा सोधपुछ गरिएको थियो ।

मुख्य योजनाकार घरबेटी र उनका जेठान

बैंक लुटपाटका मुख्य योजनाकार बैंकका घरबेटी छविलाल स्याङ्तान र उनका जेठान चतुरमान बज्यु रहेको प्रहरीले जनाएको छ ।

असोजमा नै बैंक लुट्ने योजना बनाएका ज्वाईं-जेठानले बैंकको सूचना स्याङ्तानले लिने तथा लुट्न प्रयोग गर्ने व्यक्तिहरू बज्युले व्यवस्थापन गर्ने योजना बनाएका थिए । असोजबाट नै बैंक लुट्ने योजना बनाएर सोही अनुसारको तयारी तथा सूचना संकलन गर्दै आएका उनीहरूले पहिलो पटक पुस २३ गते बैंक लुट्न भनी काठमाडौंबाट २ वटा मोटरसाइकल भाडामा लिएका थिए । त्यस दिन परिस्थिति अनुकूल नभएकाले बैंक लुट्ने योजना विफल भएको थियो ।

प्रहरीका अनुसार पुस २३ गते योजना विफल भएपछि पुनः पुस २८ गते बैंक लुट्ने योजनासहित काठमाडौंबाट घरबेटीका जेठान बज्युले केटाहरू जम्मा गरेका थिए । जम्मा हुँदै गर्दा ढिला भएपछि उक्त दिन नआई पुस २९ गते कोटेश्वरबाट सार्वजनिक गाडी चढेर बनेपा आएका थिए । बनेपाबाट आफ्नो फोन प्रयोग नगरी एक जना माछा पसलेमार्फत टाटासुमो चालक भागवतसिंहलाई फोन गरेर विहेमा केटी लिन जाने भन्दै टाटा सुमो भाडामा लिएर घ्याङलेक पुगेका थिए ।

बैंक लुटपाट गर्न घरधनी छविलाल स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्थापन तथा बैंकका बारेमा सूचना दिएका थिए । उनीहरू दिउँसो नै पुगे पनि २९ गते साँझको समयमा बैंक भित्र छिरेर सुरक्षा गार्ड र बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई लुटपाट गरेका थिए । त्यस क्रममा प्लास्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाएर पैसा बोरा तथा झोला हालेर भागेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको प्रारम्भिक बयान तथा प्राविधिक विश्लेषणपश्चात् उक्त घटनामा बैंक रहेको घरधनी छविलाल स्याङ्तान र उनका जेठान काठमाडौंबाट केटाहरू लैजाने चतुरमान बज्युको संलग्नता देखिएको थियो ।

‘बयानका आधारमा घरधनी छविलाल स्याङ्तानलाई तत्काल पक्राउ गरे पनि चतुरमानलाई घ्याङलेक-१ को जंगलमा लुकेर बसेको अवस्थामा माघ १ गते पक्राउ गर्यौ,’ एसपी सुवेदीले भने ।

पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा सिन्धुली जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

३ करोड ७ लाखमध्ये २ करोड ६८ लाख बरामद

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बैंकबाट लुटिएको ३ करोड ७ लाखमध्ये हालसम्म २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भएको छ ।

२९ गते राति जंगलमा बोरामा तथा विभिन्न स्थानमा छरपस्ट रूपमा लुकाएर राखिएको अवस्थामा १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ, उनीहरूको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ तथा विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा ८३ लाख ३५ हजार रुपैयाँ बरामद गरेको एसपी सुवेदीले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More