― Advertisement ―

नयाँ नियामक प्रस्तावहरू पछ्याउँदै टर्कीमा प्रोटोन VPN प्रयोग स्पाइक

Turkeys प्रि-लिसिङ सिस्टम र VNP पार गर्दै हिंसात्मक सामग्रीमा नाबालिगहरूको पहुँचलाई प्रतिबन्धित गर्न मोबाइल "चाइल्ड लाइन"।सान्लिउर्फा र कहरामनमारासमा लगातार विद्यालय आक्रमणहरूपछि नियामक सुधार।प्रोटोन VPN...
HomeLatest newsसर्लाहीमा टाउकोबिना भेटियो चौकीदारको शव, तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु

सर्लाहीमा टाउकोबिना भेटियो चौकीदारको शव, तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु



१९ पुस, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ ।

ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको टाउको अलग भएको अवस्थामा शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।

महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा सागरनाथ वन विकास परियोजनाको जंगलभित्र टाउकोबिनाको अवस्थामा भेटिएको हो ।

स्थानीयका अनुसार, आज बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको आवाज सुनेपछि त्यसतर्फ गएका थिए ।

दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र मोबाइल फोन ‘स्वीच अफ’ भएएपछि परिवारका सदस्य र स्थानीयले खोजी सुरु गरेका थिए ।

खोजतलासका क्रममा जंगलभित्र टाउको अलग भएको अवस्थामा अवस्थामा महतोको शव फेला परेको डीएसपी राईले बताए ।

‘टाउको अझै भेटिएको छैन । टाउकोको खोजी कार्य भइरहेको छ । घटनास्थलमा शवको मुचुल्का भइरहेको छ,’ डीएसपी राईले अनलाइनखबरसँग भने ।

घटनास्थलमा साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More