― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsअमेरिकी निशानामा किन परे भेनेजुएलाका राष्ट्रपति मादुरो ?

अमेरिकी निशानामा किन परे भेनेजुएलाका राष्ट्रपति मादुरो ?



१९ पुस, काठमाडौँ । ल्याटिन अमेरिकाको राजनीतिमा अमेरिकाविरोधी धार सधैं कमजोर र क्षणिक मात्र रहँदैन । कहिलेकाहीँ यही धारले एउटा देशको सत्ता, नीति र पहिचान नै निर्धारण गर्छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो यस्तै राजनीतिक धारबाट उदाएका नेता हुन्, जसको सम्पूर्ण राजनीतिक जीवन अमेरिकी प्रभुत्व, हस्तक्षेप र दबाबको प्रतिरोधसँग गाँसिएको छ ।

निकोलस मादुरो मोरोसको जन्म सन् १९६२ नोभेम्बर २३ मा काराकासमा भएको थियो । मध्यम वर्गीय परिवारमा हुर्किएका उनी औपचारिक उच्च शिक्षाभन्दा बढी श्रमिक जीवन र आन्दोलनबाट परिपक्व भए । काराकास मेट्रोमा चालकका रूपमा काम गर्दा उनी ट्रेड युनियन आन्दोलनमा सक्रिय भए । यही श्रमिक पृष्ठभूमिले उनलाई सामाजिक असमानता, विदेशी प्रभुत्व र राज्यको भूमिकाबारे गहिरो राजनीतिक चेत दिएको देखिन्छ ।

१९९० को दशकमा ह्युगो चाभेज उदाउँदा मदुरो उनको नजिक पुगे । चाभेजको अमेरिका विरोधी, साम्राज्यवाद विरोधी र समाजवादी विचारधाराले उनलाई राजनीतिक रूपमा दृढ बनायो । यही चरणबाट उनी ‘बोलिभेरियन क्रान्ति’ का अनुयायी बने ।

चाभेज र अमेरिकी प्रभुत्वको चुनौती

ह्युगो चाभेज भेनेजुएलामा अमेरिकी प्रभाव तोड्ने नेता थिए । तेलजस्तो रणनीतिक स्रोतमा अमेरिकी नियन्त्रण घटाउने, सामाजिक कार्यक्रम विस्तार गर्ने र क्युबा, रुस, चीनजस्ता मुलुकसँग सम्बन्ध बढाउने चाभेजको नीतिले वासिङ्टन असन्तुष्ट थियो । यही राजनीतिक धरोहर मादुरोले बोक्नुपर्‍यो ।

चाभेजको शासनकालमै उनी विदेशमन्त्री बने । विदेशमन्त्रीका रूपमा उनले खुला रूपमा अमेरिकी विदेश नीतिको आलोचना गरे र भेनेजुएलाको सार्वभौमिकताको पक्षमा आवाज उठाए । यसले उनलाई अमेरिका विरोधी क्याम्पको स्पष्ट नेता बनायो ।

राष्ट्रपति पद र बढ्दो टकराव

सन् २०१३ मा चाभेजको निधनपछि मादुरो राष्ट्रपति बने । यही क्षणदेखि अमेरिका र भेनेजुएलाबीचको टकराव अझ तीव्र भयो । अमेरिकी प्रशासनले मादुरो सरकारलाई ‘अलोकतान्त्रिक’ घोषणा गर्दै आर्थिक प्रतिबन्ध सुरु गर्‍यो । तेल व्यापार, बैंकिङ प्रणाली र अन्तर्राष्ट्रिय लेनदेनमा लगाइएका प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र गहिरो संकटमा धकेल्यो ।

मादुरो सरकारले भने यसलाई स्पष्ट रूपमा ‘आर्थिक युद्ध’ को संज्ञा दियो । उनका अनुसार भेनेजुएलाको संकट आन्तरिक असफलताभन्दा बढी अमेरिकी हस्तक्षेपको परिणाम हो । यही भाष्यले उनका समर्थकहरूलाई संगठित गर्‍यो ।

मादुरो समाजवादी भाष्य बोकेका नेता हुन् । राज्यको बलियो भूमिका, सामाजिक सहायता कार्यक्रम र प्राकृतिक स्रोतमा सरकारी नियन्त्रण उनको राजनीतिक आधार हो । तर उनको शासनकालमा सत्ता केन्द्रित हुँदै गएको, विपक्षीमाथि दमन बढेको र चुनावी प्रक्रियामा प्रश्न उठेको तथ्य पनि नकार्न सकिँदैन ।

अमेरिका र उसका सहयोगीहरूले उनलाई अधिनायकवादी नेता भन्दै आलोचना गरे । तर मादुरो समर्थकहरूका लागि यी आलोचना अमेरिकी हस्तक्षेपलाई ठहर्‍याउने बाहना मात्र हुन् ।

अमेरिकाको ‘कब्जा’ प्रयासको आरोप

सन् २०१९ मा विपक्षी नेता हुआन ग्वाइडोलाई अमेरिका र केही पश्चिमी देशले ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुएलाको राजनीतिक संकट चरममा पुग्यो । यसलाई मादुरो सरकारले खुला रूपमा ‘कू’ प्रयास र सत्ता कब्जाको योजना भनेको थियो ।

त्यसयता भेनेजुएलामा ‘कू’ प्रयासको आरोप, भाडाका सैनिक प्रयोग गरेर मादुरोलाई अपदस्थ गर्ने योजना तथा तेल कम्पनी र विदेशी सम्पत्तिमाथि अमेरिकी नियन्त्रण जस्ता विषय बारम्बार सतहमा आए ।

मादुरोका लागि अमेरिका केवल आलोचक शक्ति होइन, देशको सार्वभौमिकतामाथि कब्जा गर्न खोज्ने शक्ति हो । यही कथाले उनलाई सत्ता टिकाउन मात्र होइन, आफ्नो राजनीतिक अस्तित्व नै परिभाषित गर्न सहयोग गरेको छ ।

मादुरो केवल एक राष्ट्रपति मात्र होइनन्, उनी अमेरिका विरोधी राजनीतिक प्रतिरोधको प्रतीक बनेका छन् । समर्थकका लागि उनी विदेशी प्रभुत्वसँग जुध्ने नेता हुन् । आलोचकका लागि भने उनी असफल र दमनकारी शासक हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More