― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsआर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि


राष्ट्रिय

समाचार.

  • हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर जितेको छ।
  • फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई २५-२१, २५-२१ र २५-२१ को समान सेट स्कोरले पराजित गरेको हो।
  • महिलातर्फको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको छ।

१९ पुस, काठमाडौं । विभगीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई २५-२१, २५-२१ र २५-२१ को समान सेट स्कोरले हराएको हो ।

च्याम्पियन बन्ने क्रममा हेल्प नेपालले कुनै पनि खेल हारेन ।

यसअघि महिलातर्फको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको छ ।





Read More