― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsनक्कली सुन दिएर ५ लाख ठगी, ४ जना पक्राउ – KhabarHost

नक्कली सुन दिएर ५ लाख ठगी, ४ जना पक्राउ – KhabarHost



१४ पुस, काठमाडौं । सक्कली सुन भन्दै नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भएका ४५ वर्षीय सुकुमान सिंह बस्नेत, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुरकै ५३ वर्षीय वीरबहादुर तामाङ भनिने बिवासित स्याङ्तान र नवलपरासी घर भएका ४२ वर्षीय जीतबहादुर तामाङ छन् ।

उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो । ८ पुसमा कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुन भन्दै पहेँलो धातु दिएर ५ लाख ठगी गरकेो भन्ने उजुरी प्रहरीमा आएको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More