― Advertisement ―

नेटफ्लिक्स सह-संस्थापक रीड हेस्टिंग्स द्वारा दिन को उद्धरण: ‘स्टोन एज। कांस्य युग। फलाम युग। हामीले मानवजातिको सम्पूर्ण महाकाव्यहरूलाई उनीहरूले प्रयोग गर्ने प्रविधिद्वारा परिभाषित गर्छौं’...

1997 मा Reed Hastings द्वारा सह-स्थापना गरिएको, Netflix ले ब्लकबस्टरको मोल्डमा भाडा DVD सेवाको रूपमा जीवन सुरु गर्यो। तर, २० वर्षपछि, कम्पनीले नाटकीय रूपमा...
HomeLatest news११ बजे बस्ने भनिएको कांग्रेस कार्यसम्पादन समितिको बैठक अझै बसेन

११ बजे बस्ने भनिएको कांग्रेस कार्यसम्पादन समितिको बैठक अझै बसेन


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भए पनि समानुपातिकतर्फ उम्मेदवार बन्दसूची तयार पार्न नेताहरू व्यस्त भएका कारण बस्न सकेको छैन।
  • आज समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो र कांग्रेसले समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ।
  • नेताहरू गुटगत छलफलमा व्यस्त छन् र पार्टी केन्द्रीय कार्यालय सानेपामा केही शीर्ष नेतामात्रै उपस्थित छन्।

१४ पुस, काठमाडौं । आज बिहान ११ बजेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बसेको छैन । नेताहरू प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक बस्न नसकेको हो ।

आज समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । नेताहरू अहिले गुटगत छलफलमा व्यस्त छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही शीर्ष नेतामात्रै पुगेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More