― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsसीवाईसी, कालिका, स्वरोजगार, महुली, मिथिला र ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा

सीवाईसी, कालिका, स्वरोजगार, महुली, मिथिला र ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा


राष्ट्रिय

समाचार.

  • मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ।
  • महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने भएको छ।
  • स्वरोजगार, ग्लोबल आईएमई, कालिका र सीवाईसी लघुवित्तले क्रमशः १५, ५, कर प्रयोजनसहित १० र १३.४३ प्रतिशत लाभांश घोषणा गरेका छन्।

६ पुस, काठमाडौं । विभिन्न ६ लघुवित्त कम्पनीहरूले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । यी कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेका हुन् ।

मिथिला लघुवित्तले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश छ ।

त्यस्तै महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने भएको छ । स्वरोजगार लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत दिने भएको छ ।

ग्लोबल आईएमई लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कालिका लघुवित्तले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सीवाईसी लघुवित्तले १२.७६ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More