― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsतहसनहस प्रहरी संगठन लयमा फर्किँदै – KhabarHost

तहसनहस प्रहरी संगठन लयमा फर्किँदै – KhabarHost



६ पुस, काठमाडौं । गत २३ र २४ भदौको जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति बेहोर्ने संगठन हो, नेपाल प्रहरी । आन्दोलनका क्रममा फ्रन्टलाइनरको रूपमा खटिने प्रहरीमाथि आक्रमणदेखि कार्यालय जलाउने र तोडफोड गर्नेसम्मका घटना भए ।

आन्दोलनमा एक असई, सहायक हवल्दार र जवान गरी तीन जना प्रहरी मारिए । सँगै, ठूलो मात्रामा भौतिक क्षति भयो ।

काठमाडौं उपत्यकामा रहेका १८ वटा प्रहरी वृत्तमध्ये १७ वटा खरानी भए । उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भयो ।

देशभर करिब ५०० प्रहरी कार्यालय आन्दोलनकारीको निसानामा परे । प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भयो । सवारी साधनमा ५४ करोडको क्षति भयो । ४९४ सवारी साधन पूर्ण र ५७ आंशिक गरी कूल ५५१ सवारी साधनमा क्षति भयो ।

यो बाहेक प्रहरीका व्यक्तिगत सरसामान र सवारीमा पनि ठूलो क्षति भयो । ९८ हजार राउन्ड गोली गायब भए । प्रहरीका बर्दी लुटिए, हतियार खोसिए, कुटिए, मारिए, केहीले आत्मसमर्पण गरेर ज्यान बचाए ।

यी सबै घटनाक्रमले जेनजी आन्दोलनमा प्रहरी थिलोथिलो बनेको प्रष्ट हुन्छ । भौतिक क्षति एकातिर छ, अर्कोतिर यो घटनाले प्रहरीको मनोबलसमेत गिरेको थियो । कतिसम्म भने, बर्दी र बुट बिनै ट्राफिक प्रहरीले ड्युटी गर्नुपरेको थियो ।

यस्ता घटनाक्रमले आगामी दिनमा सुरक्षा चुनौती थपिनुका साथै प्रहरीले कसरी, कुन मनोबलले काम गर्छ भन्ने प्रश्न तेर्सिएको थियो । आम नागरिक त्रासको अवस्थामा थिए । घर-टोलमा लुटपाट, चोरी हुँदासमेत प्रहरी पुग्न सक्ने अवस्था थिएन ।

यिनै चुनौतीका बीच जेनजीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए । गृहमन्त्रीको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिइयो ।

त्यतिबेला सुरक्षा अवस्था नाजुक र चिन्ताजनक थियो । त्यसबेलाको घटनाबारे एक सुरक्षा प्रमुख सम्झन्छन्, ‘२३ गतेसम्म देशको आन्तरिक सुरक्षाको चुनौती थियो । तर २४ गतेको घटनापछि आन्तरिक चुनौतीसँगै बाह्य चुनौती पनि थपियो । व्यवस्था नै के हुने भन्नेसम्मको चुनौती थियो ।’

प्रहरीकै कमान्ड गर्ने तालुक गृह मन्त्रालयको मुख्य जिम्मेवारी नै भौतिक संरचनाको पुनर्निर्माणदेखि लत्ताकपडा, बन्दोबस्तीका सरसामान र हातहतियारयुक्त प्रहरी बनाउनुपर्ने थियो । यसमा जतिसक्दो चाँडो काम भएको देखिन्छ ।

त्यतिबेला ध्वंश बनाइएका प्रहरी कार्यालयहरू अहिले अधिकांशजसो सञ्चालनमा आएका छन् । धेरै प्रहरी कार्यालयहरू स्थानीय समुदायदेखि विभिन्न संघसंस्थाको सहयोगमा निर्माण भएका छन् । प्रहरीलाई सवारी साधनदेखि लत्ता कपडाहरू पनि सहयोग भएको छ ।

एमालेको एघारौँ महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी

हरेकजसो आन्दोलनको पहिलो निशानामा प्रहरी संगठन पर्दै आए पनि त्यसपछिको उपलब्धि वा सम्झौतामा भने प्रहरीका समस्या गौण बन्ने गरेको गुनासो हुँदै आएका छन् ।

जेनजी आन्दोलनपछि जेनजी समूहदेखि नेकपा एमालेका कार्यकर्ताबीच हुनसक्ने झडपको अवस्थासमेत आएको थियो । तर यी घटनामा प्रहरीले निकै सुझबुझले काम गरेर त्यसलाई निराकरण गर्न सफल भयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितका व्यक्तिविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी पर्‍यो । जेनजी अगुवाले जसरी पनि तत्कालै ओली-लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखे । यसले प्रहरीमाथि प्रेसर पनि बढायो ।

अर्कोतर्फ, एमालेका कार्यकर्ताहरूले जेनजी अगुवा सुधन गुरुङदेखि काठमाडौंका मेयर बालेन शाहलगायत विरुद्ध जाहेरी दिए । जहाँ सुधन, बालेनलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखियो ।

जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शन

दुवैतर्फका काउन्टर जाहेरीले द्वन्द्वको अवस्था सिर्जना गरेको थियो । तर यो घटनामा प्रहरीले निकै सुझबुझ ढंगबाट हल गर्‍यो । दुवैतर्फका जाहेरीलाई तामेलीमा राखेपछि अवस्था साम्य भयो । यो घटनामा प्रहरी सफल भएको देखियो ।

सधैंजसो विवाद बन्ने प्रहरीको आईजी बढुवा भने यो पटक विवादरहित भयो । पहिलो बरियताका एआईजी दानबहादुर कार्कीलाई सरकारले आईजी बनाएपछि राजीनामा दिने, सर्वोच्च जानेसम्मको अवस्था यो पटक आएन ।

जेनजी आन्दोलनपछि पनि जेनजी र एमालेका कार्यकर्ताबीच नोकझोक र झडप हुने अवस्था थियो । त्यो अवस्था पनि निर्मूल पार्न प्रहरी सफल भयो ।

यसैबीचमा करिब एक महिनापछि कीर्तिपुरमा नेपाल प्रिमियर लिग सम्पन्न भयो । सुरक्षा त्रुटिबिनै लिग सफल भयो । यसले सुरक्षामा प्रहरी पुरानै अवस्थामा फर्केको भन्ने सन्देश दिन सफल भयो ।

एनपीएल सुरक्षामा परिचालित प्रहरीहरु

७ मंसिरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशभर आन्दोलन र हड्ताल गर्ने घोषणा गरेका थिए । सोहीअनुसार उनले प्रचारप्रसार र तयारी पनि गरेका थिए ।

पूर्ववर्ती सरकार तथा सुरक्षा संयन्त्रले यसअघि जेनजीले घोषणा गरेको आन्दोलनलाई नजरअन्दाज गर्दा ठूलो क्षति भएको थियो ।

सुरक्षा निकाय थिलथिलो भएको अवस्थामा प्रसाईं समूहले गरेको आन्दोलन घोषणा अर्को चुनौतीको रूपमा हेरिएको थियो । जसरी चन्द्रकुवेर खापुङले कमान्ड सम्हालेर खादामाला लगाउँदालगाउँदै जेनजीले आन्दोलन गरेका थिए, त्यस्तै परिस्थितिमा दानबहादुर कार्कीले आईजीपीको बधाई थाप्दै गर्दा प्रसाईंले आन्दोलनको दिन जुराएका थिए ।

तर, सरकार र सुरक्षा संयन्त्रको चलाखीका कारण प्रसाईंको ७ मंसिरको आन्दोलन तुहियो । यदि प्रसाईंले आन्दोलन गरेको भए अर्को ठूलो सुरक्षा चुनौती हुने आकलन सुरक्षा निकायको थियो । त्यसअघि नै प्रसाईं पक्राउ परे ।

अहिले प्रसाईं समूहलाई आन्दोलन छाडेर छलफलमा आउन सरकारले बोलाइरहेको छ ।

जेनजी आन्दोलनमा ७७ जना मारिए । ठूलो भौतिक क्षति भयो । सर्वोच्च अदातलतदेखि, सिंहदरबार, जिल्ला अदालतहरू, महान्यायाधिवक्ता कार्यालय, सरकारी भवनहरू, भाटभटेनी सुपरमार्केट, नेताका घरहरू जलाइए । गाडीहरू नष्ट गरियो ।

अब यी दुवैतर्फको घटना छानबिन गरेर कारबाही गर्नुपर्ने चुनौती थियो । २४ भदौको आगजनी र तोडफोडमा संलग्नहरूको पहिचान गरेर अहिले प्रहरीले धमाधम कारबाही गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार देशभरबाट अहिलेसम्म ८६० जना पक्राउ परिसकेका छन् ।

 

 

यहीबीचमा २७ मंसिरदेखि नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौंमा सुरु भयो । भक्तपुरमा उद्घाटन भएर सुरु भएको यो महाधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले महत्वपूर्ण भूमिका निभायो । तहसनहस भएको छोटो समयमै प्रहरीले लयमा फर्किँदै गरेका यी घटनाहरूले सन्देश दिएको छ ।

पूर्वएआईजी रविराज थापा सरकारले जुन हिसाबले प्रहरीको मनोबल फर्काउन र लयमा ल्याउन काम गर्नुपर्ने हो त्यसरी भने काम गर्न नसकेको बताउँछन् ।

प्रहरी आफ्नै बुताले लयमा फर्किँदैछ । अहिले प्रहरी जीउ-ज्यानको बाजी राखेर ड्युटीमा खटिएका छन् । उनीहरूको समस्या कसले सोचेको होला ? त्यसलाई कमान्ड गर्छु भन्ने माथिल्लो लेभलका मान्छेले कसरी सोचेका होलान् ? जुन रूपमा सरकारले काम गर्नुपर्थ्यो त्यो देखिँदैन,’ एआईजी थापा भन्छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More