― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsराष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण


राष्ट्रिय

समाचार.

  • राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कट अनावरण गरी टर्च नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ।
  • किन्डर ओलम्पिक पुस १२ र १५ गते दशरथ रंगशालामा नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा १२ खेलमा प्रतिस्पर्धा हुनेछ।
  • कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र विद्यालय खेलकुद महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

४ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन् ।

नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासंघ मार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि र विविध गतिविधि बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More