― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsधुरन्धर चोर, जसबाट चोरिए २१ सहकारी – KhabarHost

धुरन्धर चोर, जसबाट चोरिए २१ सहकारी – KhabarHost



४ पुस, काठमाडौं । चुस्स बोकदाह्री भएको ख्याउटे शरीरमा महँगा ब्रान्डेड कपडा । लक्जरियस होटलको बास, घुमफिर र मोजमस्ती । दैनिक फरकफरक युवतीसँग नाइट क्लबमा मस्ती ।

लवाइखवाइ र मोजमस्ती हेर्दा यी व्यक्ति कुनै धनाढ्य परिवारका हुन् भन्ने लख काट्न सकिन्छ । तर सत्य त्यसको ठिक उल्टो छ । उनी न कुनै धनाढ्य परिवारका हुन्, न त आफैं उत्पात कमाउने व्यक्ति नै ।

यसरी मोजमस्तीको जीवनयापन गर्ने ख्याउटे जेनजी हुन् सहकारी चोरीका मोस्ट वान्टेड । जब कुनै सहकारी चोरी हुन्छ, अनि तिनै युवकको तीनपुस्ते पल्टाउन थाल्छ प्रहरीको चोरी शाखा ।

सहकारी चोरी भन्ने बित्तिकै प्रारम्भिक अनुसन्धानमा पर्ने ती जेनजीले चोरेको देखिएन भने बल्ल दोस्रो, तेस्रो विकल्पमा प्रहरीले अनुसन्धान अघि बढाउँछ ।

सहकारी चोरीमा कहलिएका ती कुख्यात युवक हुन् दीपक गजुरेल (२८) ।

एकथरी जेनजीले मुलुकमा भ्रष्टाचार र कुशासन भयो भन्दै विद्रोह गरे । दुई दिनमै निर्वाचित सरकार ढालेर नागरिक सरकार गठन गरे । अहिले देश बनाउने बहस गर्दैछन् ।

तिनै जेनजीले गरेको आन्दोलनको मौकामा अर्का जेनजी दीपक भने सुन्धारा कारागारको चौघेराबाट बेपत्ता भए । अनि काठमाडौंमा मच्चाउन थाले लुटपाट र चोरीको धन्दा । त्यो पनि एक-दुई हजार होइन, एकै पटक १६-१६ लाख ।

सधैं मोजमस्तीमा बिताउने दीपकलाई कारागारको चौघेरा पट्यारलाग्दो हुने नै भयो । कारागारबाट निस्केपछि उनी पुन: मोजमस्तीमै लागे । जेनजी आन्दोलनपछिका तीन महिनासम्म काठमाडौंका सुविधा सम्पन्न होटलमा कोठा लिएर बसे । कहिले ठमेलका गेस्ट हाउस, कहिले गौशाला त रातोपुलका होटल बसे ।

अन्ततः कारागारबाट भागेको तीन महिनापछि २६ मंसिरमा रातोपुलको रोयल च्याम्बर होटलको कोठाबाट समातिए । आफ्नो सूत्र परिचालन गरी प्रहरी च्याम्बर होटलमा बिहान १० बजे पुग्दा उनी एक्लै थिएनन् । सँगै युवती पनि थिइन् । युवतीसँग हुनु उनका लागि त्यो दिनको संयोग मात्र होइन । फरकफरक युवतीसँग होटलमा बस्नु उनको दैनिकी नै हो ।

अनुसन्धानमा खटिएका आधारभूत तहका एक प्रहरी भन्छन्, ‘लुटपाटको एउटै उद्देश्य छ-मोजमस्ती गर्ने, फरकफरक केटी घुमाउने । क्लब जाने ।’

होटलबाट युवतीसहित समातिएका उनको साथबाट प्रहरीले २३ हजार ५०० बरामद गर्‍यो । १६ लाख चोरी भएको भन्दै जाहेरी परे पनि जम्मा साढे २३ हजार मात्रै भेटिएपछि प्रहरी नै चकित परे । बाँकी रकमका बारेमा सोध्दा दीपकले खर्च भइसकेको जवाफ दिए ।

जेनजी आन्दोलनको मौकामा अर्का जेनजी दीपक भने सुन्धारा कारागारको चौघेराबाट बेपत्ता भए । अनि काठमाडौंमा मच्चाउन थाले लुटपाट र चोरी धन्दा । त्यो पनि एक-दुई हजार होइन, एकै पटक १६-१६ लाख ।

प्रहरी, हिरासत र कारागार राम्रोसँग बुझेका उनलाई थाहा थियो- के जवाफ दिने, पैसा कहाँ लुकाउने । प्रहरी अनुसन्धानबारे आफूलाई धुरन्धर जानकार दाबी गर्ने उनीबाट कुरा नफुत्किने पक्का थियो । सँगै होटलमा बसेकी युवतीमार्फत प्रहरीले चाल चल्यो । अनि खुल्यो रकम लुकाएको ठमेलको अर्को कोठा ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ठमेलको एक कोठामा लुकाएको अवस्थामा थप १० लाख बरामद भयो । उनले ठमेलको होटल लोटस ग्रान्डमा रकम लुकाएका थिए ।

त्यो रकम दीपकले सिनामंगलमा रहेको राज श्री फाइनान्सबाट २४ मंसिरको राति १२:४५ बजे चोरी गरेको प्रहरीले बताएको छ ।

नुवाकोटको बेलकोट नगरपालिका-९ घर भएका दीपक पछिल्लो पटक यही सहकारी चोरी आरोपमा समातिएका हुन् । यो सहकारीबाट उनले १६ लाख चोरी गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

दिनभर सहकारीको रेकी गर्ने, राति १२ देखि २ बजेको अवधिमा सहकारी चोर्ने उनको शैली देखिएको छ । अनि चोरी गरेको रकमले काठमाडौं, पोखरा जस्ता ठाउँमा घुमघाम गर्ने, मोजमस्ती गरेर रकम उडाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीले उनीबाट चोरी गर्दा लगाउने कपडा पनि बरामद गरेको छ । चोरी गर्दा लगाइएको हरियो रङको हुडी, चोरी गर्दा नै लगाएको स्पोर्ट लेखेको पञ्जा बरामद भएको छ । सँगै खैरो रङको सन्नी लेखेको झोला, चाँदीका धातु, क्यानन क्यामेरा, नेक्सन लेखेको हार्ड ड्राइभ, डब्लूडी एलिमेन्ट्स लेखेको हार्ड ड्राइभ, रजिस्टर, नागरिकता, बैंकका चेकहरू पनि प्रहरीले बरामद गरेको छ ।

सहकारीका धुरन्धर चोर, जसले चोरे २१ सहकारी

सहकारी चोरीमा अहिले हिरासतमा रहेका दीपक गजुरेलको यो २१औं सहकारी चोरी हो । समग्रमा पक्राउ र मुद्दा चलेको विवरण हर्ने हो भने उनी समातिएको २३औं पटक हो । किनभने, उनी एक पटक अभद्र र एक पटक लागुऔषध कसुरमा समातिएका थिए ।

ताला काट्ने, फोड्ने हातहतियारसहित एक्लै मध्यराति सहकारीमा छिर्ने र चोर्दै हिँड्ने दीपकको यो शैली प्रहरीमाझ परिचित छ । मध्यराति ‘१२ बजेदेखि २ बजेको समयमा एक्लै कोही कसैले सहकारी चोर्छ भने केही नबुझी सोझै दीपकलाई खोज्दा फरक पर्दैन’ भन्ने भनाइ अनुसन्धान अधिकारीहरू माझ निकै चर्चित छ ।

यतिसम्म कि उनले चार महिनाको अवधिमा ७ सहकारीबाट ४३ लाख नगद चोरेका थिए । १३ जेठ २०७८ को राति काठमाडौंको मैतीदेवीस्थित एउटै घरमा रहेका २ वटा सहकारी चोरी भएको थियो ।

त्यतिबेला ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख रुपैयाँ नगद तथा मोबाइल तथा ल्यापटप १-१ थान र गौंथली बचत तथा ऋण सहकारी संस्थाबाट नगद २ लाख ५८ हजार रुपैयाँ तथा ९ तोला सुन चोरी भएको थियो ।

चोरीको विषयमा २ वटै सहकारी संस्थाले प्रहरीमा उजुरी दिए। प्रहरीले अनुसन्धान पनि सुरु गर्‍यो । तर चोरीमा संलग्न व्यक्ति भने फेला परेनन् । यसअघि पनि सहकारी चोरी भन्दै प्रहरीमा उजुरी आउने गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा १२ असार २०७८ मा गौशाला सडकमा हिँड्दै गरेका एक व्यक्ति समातिए । ती व्यक्ति अहिले पक्राउ परेका उनै दीपक गजुरेल थिए । त्यतिबेला उनी २२ वर्षका थिए । उनले बोकेको झोला जाँच गर्दा सिसा काट्ने मेसिनदेखि मास्टर चाबी र केही कपडा भेटिएका थिए ।

अनुसन्धानबाट उनले एकै घरमा रहेका दुई सहकारी मात्रै होइन, चार महिनामा (१५ माघ २०७७ देखि २०७८ जेठसम्म) ७ सहकारीबाट ३ लाख बढी चोरी गरेको खुल्यो ।

प्रहरीका अनुसार उनले बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट १५ माघ २०७७ मा ७ लाख २ हजार ६३६ रुपैयाँ चोरी गरेका थिए ।

यो सहकारी चोरी गरेको १ हप्ता पनि नपुग्दै २१ माघ २०७७ मा शंखमुलस्थित घर संसार उपभोक्ता सहकारी संस्थाबाट २ लाख २४ हजार ९५ रुपैयाँ चोरी गरेको आरोपमा मुद्दा चलेको थियो ।

गौशाला मित्रपार्कस्थित पञ्चश्री बचत तथा ऋण सहकारी संस्थाबाट ११ फागुन २०७७ मा १४ लाख ९८ हजार तथा कोटेश्वरको सन्दुक बचत तथा ऋण सहकारी संस्थाबाट ४ चैत २०७७ मा १० लाख १३ हजार ६२५ रुपैयाँ चोरीको कसुरमा मुद्दा चलेको थियो ।

कोटेश्वरमा चोरी गरेको २ महिनापछि १३ जेठ २०७८ मा उनले मैतीदेवीस्थित ज्येष्ठ आइडोलोजी सहकारी संस्थाबाट बाट ५ लाख रुपैयाँ नगद र मोबाइल तथा ल्यापटप १-१ थान र गौंथली बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार ५०० रुपैयाँ नगद र ९ तोला सुनको गहना चोरी गरेका थिए ।

यी बाहेक उनले पोखराका सहकारी पनि चोरी गरेको प्रहरीले बताएको छ । सहकारी चोरी कसुरमा कारागार चलान भएका उनी जेनजी आन्दोलनको मौकामा २४ भदौका कारागारबाट भागेका थिए । त्यसपछि उनी काठमाडौंका फरकफरक होटलमा कोठा लिँदै बस्ने र चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More