― Advertisement ―

HomeLatest newsरवि लामिछाने आज नछुट्ने, भैरहवा जाने तयारी – KhabarHost

रवि लामिछाने आज नछुट्ने, भैरहवा जाने तयारी – KhabarHost


राष्ट्रिय

समाचार.

  • उच्च अदालत बुटवलले रवि लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ।
  • रवि लामिछाने आजै अन्तिम फ्लाइटमार्फत भैरहवा जाने तयारीमा छन्।
  • उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीमा शुक्रबारमात्रै पुग्नेछ।

३ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् ।

रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान  फ्लाइटमार्फत भैरहवा जानेछन् ।

उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको  छ ।

उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय भइसकेकोले भोलि शुक्रबारमात्रै जिल्ला अदालतमा उच्चको आदेश पुग्नेछ ।

सोहीअनुसार रवि भैरहवा जाने तयारीमा लागेका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More