― Advertisement ―

सेनाले नयाँ डाटा सेन्टरहरू चाहन्छ र सामुदायिक बैठकहरूले प्रमुख टेक कम्पनीहरूलाई चोट पुर्याउने प्रतिक्रियालाई रोक्न सक्छ भन्ने सोच्दछ

अमेरिकी सेनाले अनुमोदित गरेको 020 020 मिडिया प्रस्तावहरूका लागि। कार्यान्वयनचार सैन्य स्थापनाहरूले छिट्टै अमेरिकाभरि ठूला-ठूला डाटा सेन्टर क्याम्पसहरू होस्ट गर्न सक्नेछन्सबै प्रस्तावित सुविधाहरूले स्थानीय...
HomeLatest newsनिरंकुशतालाई आसेपासेले बलियो बनाए – KhabarHost

निरंकुशतालाई आसेपासेले बलियो बनाए – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फेरि निर्वाचित भएकोमा भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरिएको बताएकी छन्।
  • बमले ओली जनताबाट अनुमोदित हुन बाँकी रहेको उल्लेख गर्दै युवाहरूले भदौ २३ मा आफ्नो आवाज सुनाएको र जनताले ब्यालेटबक्समा निर्णय गर्ने बताएकी छन्।
  • उनले तानाशाहलाई आसेपासेले बलियो बनाइरहेको र चेतनशीलहरूले बादशाह नाङ्गो भएको भन्दै विरोध गरिरहेको लेखेकी छन्।

३ पुस, काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेको अध्यक्षमा फेरि पनि केपी शर्मा ओलीलाई नै निर्वाचित गराएको भन्दै कटाक्ष गरेकी छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत बमले ओली निर्वाचित हुनुलाई भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरिएकाे भनेकी हुन् । उनले ओली जनताबाट अनुमोदित हुन बाँकी रहेको पनि बताएकी छन् ।

‘उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता, निरंकुशतालाई अनुमोदन गरे । केपी ओली एन्ड भजनमन्डली जनताको कठघरामा उभिएका हैनन । जनताले विश्वास दिन त बाँकी नै छ। युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाए,’ उनले लेखेकी छन्, ‘ जनताले ब्यालेटबक्समा सुनाउनेछन् । तानाशाहलाई उसका आसेपासेले बलियो बनाइरहेका होलान् । आखिर उनीहरूले बादशाहको नयाँ पोशाकलाई उम्दा छ भन्नैपर्छ । तर भीडमाझबाट चेतनशीलहरू, नडराएकाहरू बादशाह नाङ्गो छ भन्दैछन, भनिरहेकै छन् ।’





Read More