― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट शनिबार

ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट शनिबार


राष्ट्रिय

समाचार.

  • ज्ञान संस्कार इन्टरनेसनल स्कुलले नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता २ पुस शनिबार आयोजना गर्नेछ ।
  • प्रतियोगितामा देशभरका करिब ३ सय खेलाडीले छात्र-छात्रातर्फ १२ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ ।
  • माल्दिभ्समा भएको अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेतालाई स्केटिङ तथा स्केट बोर्डिङ संघले सम्मान गरेको छ र उनीहरू सबै ज्ञान संस्कारका विद्यार्थी हुन् ।

२ पुस, काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समवन्यमा तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

प्रधानाध्यापक बडूले स्केटिङ खेल पर्यावरणमैत्री खेल भएको बताउँदै यसलाई वातावरण अनुकूल बनाएर भविष्यमा सामान्य यातायातको वैकल्पिक साधनका रूपमा समेत प्रयोग गर्न सकिने धारणा व्यक्त गरिन् । उनले स्केटिङले शारीरिक स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासका साथै वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा छात्र÷छात्रातर्फ समान ६-६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिए । छात्र-छात्रातर्फ ६ वर्षमुनि, ६–८, ८–१०, १०–१२, १२–१४ र १४–१६ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ ।

यसै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिइने बताइएको छ । एकदिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजक ज्ञान संस्कारकै हातामा हुनेछ ।

यसैबीच पत्रकार सम्मेलनअघि माल्दिभ्समा सेप्टेम्बर ४ देखि ६ तारिखसम्म भएको अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेतासहित सहभागी खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघले सम्मान गरेको छ ।

उक्त प्रतियोगितामा कांस्य पदक जितेकी प्रिशा खाँडसहित सहभागी रोज बडू, जून बडू, काश्वी भट्टराई, समीरन भूषाल र जीयाना अर्याल सम्मानित भएका हुन् । सम्मानित सबै ज्ञान संस्कारमा अध्ययनरत छन् ।

खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव थापाले मायाको चिनो र प्रधानाध्यापक बडूले गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More