― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsटोखा नगरपालिकामा श्रम डेक्स स्थापना – KhabarHost

टोखा नगरपालिकामा श्रम डेक्स स्थापना – KhabarHost


राष्ट्रिय

समाचार.

  • टोखा नगरपालिकाले श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि श्रम डेक्स स्थापना गरी सञ्चालनमा ल्याएको छ।
  • टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले श्रम डेक्स शुभारम्भ गरी श्रमिकको पञ्जीकरण र उजुरी सुनुवाइ गर्ने जानकारी दिनुभयो।
  • नगरपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई सूचीकृत हुन श्रम डेक्समा सम्पर्क गर्न अनुरोध गरेको छ।

२ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना गरिएको छ । टोखाले श्रमिकहरूको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । कार्यक्रमा बोल्दै उनले नगरभित्र रहेका श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि टोखा नगरपालिकाले श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधी, २०८२ बमोजिम डेक्स स्थापना गरेको जानकारी दिए ।

नगरपालिकाले श्रम डेक्सबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, श्रमिकहरुका उजुरी तथा गुनासोको सुनुवाइ गर्ने, श्रमिक तथा रोजगारदाता विचमा असल सम्बन्ध स्थापित गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, श्रम अनुगमन तथा निरीक्षण प्रणालीको विकास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए ।

टोखाले नगरपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आउनसमेत अनुरोध गरेको छ ।

टोखाले श्रम डेक्स स्थापना गरेर श्रमिकको हकहितको लागि गरेको कार्य प्रशंसनीय रहेको श्रमिक सङ्घ संस्थाहरुले बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More