― Advertisement ―

एन्थ्रोपिक भनेको ‘एआईको एप्पल’ हो: उच्च मूल्य, कम मात्रा, अधिकतम राजस्व

भोल्युम र AI को लागि कुनै पनि समाधानको लागि AI भन्दा बढी खर्च गर्नुभयो। जुलाई 2026 मा यसका प्रतिस्पर्धीहरू मध्ये, शीर्ष LLM प्रदायकको रूपमा...
HomeLatest newsसरकारलक्षित ओलीको टिप्पणी- हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं

सरकारलक्षित ओलीको टिप्पणी- हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं



२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्वीकारेको र नस्वीकार्ने उनले प्रष्ट पारे ।

‘हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौं । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ,’ ओलीले भने, ‘हामी भन्छौं अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौं ।’

विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्दा नै आफूहरूमाथि प्रहार भएको उनको भनाइ छ ।

‘विविधतामा एकता हाम्रो मूल मन्त्र हो भन्छौं अनि हामीमाथि प्रहार हुन्छ । संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौं, हाम्रो स्वतन्त्रताको प्रयोग, सुउपयोग हामी गर्छौं भन्छौं,’ उनले भने ।





Read More