― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsओली र पोखरेलदेखि पुस्तान्तरण र हस्तान्तरणको पक्षमा – KhabarHost

ओली र पोखरेलदेखि पुस्तान्तरण र हस्तान्तरणको पक्षमा – KhabarHost



२७ मंसिर, काठमाडौं । एमाले महाधिवेशनस्थल उत्सवमय छ । झकिझकाउ मञ्च छ । र्‍याली, झाँकी, पञ्चेबाजाले सल्लाघारी गुञ्जिएको छ ।  विभिन्न जातजाति, भाषाभाषी झल्कने प्रस्तुति भइरहेका छन् । चोक चोकबाट निस्किएका र्‍या महाधिवेशनस्थलमा पुगेका छन् । नेताहरू मञ्चतर्फ छन् । कार्यकर्ता मञ्चको अगाडि ।

बिहान सबेरै आइपुगेकाहरू चौरमा घाम तापेर बहस गरिरहेका छन् । नेतृत्वमा को आउला ? केपी ओली कि ईश्वर पोखरेल ? फरक-फरक तर्क र आफ्नो मत राखिरहेका छन् ।  कोही ओलीको पक्षमा । कोही पोखरेलको पक्षमा । कोही पुस्तान्तरण र हस्तान्तरणको पक्षमा ।

एमालेको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसैले देशभरबाट यहाँ नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले सल्लाघारीको उद्घाटन स्थलको चौर खचाखच छ ।

सल्लाघारीमा आएका प्रतिनिधिहरू नयाँ नेतृत्वबारे मिश्रित धारणा राख्छन् । गोरखाबाट आएका ६४ वर्षीय अम्बरबहादुर लामा पुराना नेताले बिदा लिनु पर्ने मत राख्छन् । ‘अब पुरानो बुढा नेताले बिदा लिनु पर्छ । जेनजी आन्दोलनपछि नयाँ युवा नेतृत्वको खोजी भएको छ । यो महाधिवेशनले नयाँलाई चुनोस, उनले भने, ‘अब पुराना नेताले नातिनातिना हेरेर घरमा बस्नु पर्छ ।’

धेरैजसो प्रतिनिधि भने केपी ओली र ईश्वर पोखरेलले सहमति गर्नुपर्ने धारणा राख्छन् । ‘दुई जना नेता अध्यक्षको लागि लड्ने भन्ने सुनेको छु । उहाँहरूले सहमति गर्नुपर्छ । मिलेर नेतृत्व चयन गर्नुपर्छ’, दोलखाबाट आएकी ५० वर्षीया  लालमाया तामाङले भनिन्, ‘देश र जनताको लागि काम गर्ने नेतृत्व हुनुपर्छ ।’

जेनजी आन्दोलनपछि नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बहच चलेको छ । तर सल्लाघारीमा आएका एमाले निकट जेनजी एक पटक ओलीलाई अवर दिनु पर्ने मत राख्छन् ।

‘जेनजीले भन्न त नया पुस्ता भनेको छ । तर म पनि जेनजी हुँ । भन्नेले के के भन्छन् । तर एकपटक केपी बा आउनु पर्छ’, दाङकी २० वर्षीया  आकृति रोकाय भन्छिन् ।

बाजुराका २५ वर्षीय विनोद थापा र कैलालीका २७ वर्षीय योगेश थापा भने पुस्तान्तरण र हस्तान्तरणको पक्षमा उभिए । ‘हाम्रो स्पष्ट कुरा छ, पुस्तान्तरण र हस्तान्तरण हुनुपर्‍यो । १० औँ वर्ष एउटै व्यक्ति नेतृत्वमा हुनु भएन’, विनोदले भने, ‘अब पार्टीको नेतृत्व युवालाई दिनुपर्छ ।’

फेरि पनि ओली आउने हो भने जेनजीको पालो कहिले आउने भनेर प्रश्न गर्छन् योगेश । ‘एउटैले सधैं नेतृत्व गर्नु हुन्न ।नयाँ विचार नयाँ नेतृत्व हुनुपर्छ । अझै १० वर्ष ओली हुने हो भने जेनजीको पालो कहिले आउँछ ? नेताहरू तल होल्ड भएर बसिरहने हो ?’ उनी प्रश्न गर्छन् ।





Read More