― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest news१० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको सहज जित – KhabarHost

१० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको सहज जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्पेनिस ला लिगामा बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई २-० गोलअन्तरले हराएको छ।
  • बार्सिलोनाका राफिन्हा र लामियन यमालले १-१ गोल गरेका थिए।
  • बार्सिलोनाले १८ खेलमा ४६ अंकसहित शीर्षस्थानमा रहेको छ र रियल मड्रिडसँग ४ अंकको अग्रता कायम छ।

७ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जितको लय निरन्तरता दिंदै शीर्षस्थानको अग्रता कायमै राखेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई उसैको मैदानमा २-० गोलअन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा राफिन्हा र लामियन यमालले १-१ गोल गरे ।

खेलको १२औं मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

३९औं मिनेटमा भीएआर चेकपश्चात् रेनाटो भेइगालाई रातो कार्ड दिइएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफको ६३औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनाको २-० को जित पक्का गरे ।

जितपछि शीर्षस्थानको बार्सिलोना १८ खेलमा ४६ अंक भएको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ४ अंकको अग्रता कायमै राखेको छ । पराजित भिल्लारियल ३५ अंकसहित चौथो स्थानमा छ ।





Read More