― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsयी हुन् नवौं एनभीएल भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली

यी हुन् नवौं एनभीएल भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली



७ पुस, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ मा सहभागी हुने टोलीको टुङ्गो लागेको छ ।

यही पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघ (एनभीए) का महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

पुरुषतर्फ तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) छन् ।

यस्तै, महिलातर्फ पनि तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब सहित न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् छन् । यसपटक गण्डकी टिम भने सहभागी छैन ।

विभागीय बाहेक टोलीले तीन विदेशी खेलाडी टिममा समावेश गर्न सक्ने संघले जनाएको छ ।

पुस ११ देखि १९ गतेसम्म हुने च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली पीएम कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ ।

प्रतियोगिताको टाई सिट ड्र पछि सार्वजनिन गरिने संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More