― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsसर्लाहीमा १३३ जनाको उम्मेदवारी, ७२ जना स्वतन्त्र – KhabarHost

सर्लाहीमा १३३ जनाको उम्मेदवारी, ७२ जना स्वतन्त्र – KhabarHost



७ माघ, सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार निर्वाचन क्षेत्र नं १ मा १० स्वतन्त्रसहित २९, क्षेत्र नं २ मा १७ स्वतन्त्रसहित ३१, क्षेत्र नं ३ मा १९ स्वतन्त्रसहित ३४ र क्षेत्र नं ४ मा २६ स्वतन्त्रसहित ३९ जनाले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं १ मा नितिमा भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमोद साह, जसपा नेपाल बाट राम प्रकाश चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट विकास ठाकुरलगायतले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं २ मा राष्ट्रिय मुक्ति पार्टी बाट राजेन्द्र महतो, नेपाल कम्युनिष्ट पार्टी बाट महेन्द्र राय यादव र नेपाली कांग्रेसबाट डा. सरोज कुमारलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी बाट नरेन्द्र साह कलवार, नेपाल कम्युनिष्ट पार्टीबाट नारायण काजी श्रेष्ठ, नेपाली कांग्रेसबाट विनोदकुमार ढकाल, नेकपा एमालेबाट हरिप्रसाद उप्रेतीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं ४ मा नेपाली कांग्रेसबाट गगन कुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बाट अमरेश कुमार सिंह र जसपा नेपाल बाट रामेश्वर राय यादवलगायतले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।





Read More