― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsसल्यानमा १६ उम्मेदवार मैदानमा, यस्ता छन् प्रतिबद्धता

सल्यानमा १६ उम्मेदवार मैदानमा, यस्ता छन् प्रतिबद्धता



७ माघ, सल्यान । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थापित पुराना राजनीतिक दल, नयाँ दल तथा स्वतन्त्र उम्मेदवार गरी १६ जनाले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट जिल्ला सभापति केशबहादुर विष्ट, नेकपा एमालेबाट कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रमेशकुमार मल्ल उम्मेदवार बनेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितकुमार चन्द, नेकपा (माओवादी)बाट चन्द्रबहादुर खड्का तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोषकुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी र स्वतन्त्र नागरिक पार्टीबाट कालिदास विक उम्मेदवार बनेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट बाँलसिंह घर्ती र श्रम संस्कृति पार्टीबाट धनबहादुर बुढा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रतर्फबाट ध्रुवराज वली र जुद्धबहादुर सिंह चुनावी मैदानमा उत्रिएका छन् ।

यसपटकको निर्वाचनमा नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ। स्थानीय विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवारहरू मतदाता भेटघाटमा सक्रिय भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विष्ट यसअघि जिल्ला समन्वय समिति प्रमुखको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । पछिल्लो स्थानीय तह निर्वाचनमा उनी छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए । उम्मेदवारी दर्तापछि विष्टले संविधानको रक्षा, जनताको हित र देशलाई सही दिशामा लैजान आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

नेकपा एमालेका उम्मेदवार गुलावजंग शाह २०७४ सालमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने अघिल्लो निर्वाचनमा पराजित भएका थिए। उनले मुलुक संविधान र व्यवस्थामाथि संकट बढिरहेको अवस्थामा ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार पार्न उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेशकुमार मल्ल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवका रूपमा काम गरिसकेका मल्ल पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएका छन्।

उनले युवाको भावना, समयको माग र देशको जिम्मेवारीका आधारमा ताजा जनादेशमार्फत संकट समाधान गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललितकुमार चन्द पार्टीका कर्णाली प्रदेश महामन्त्री हुन् । उनले सुशासन, न्याय, विकास र युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यले चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अनिशा नेपालीले सल्यानको विकास, सुशासन र जनताको अधिकारका पक्षमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छन् ।

नेकपा माओवादीका उम्मेदवार चन्द्रबहादुर खड्काले सल्यानको विकास, सामाजिक न्याय र जनताको अधिकारका पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित आफु निर्वाचनमा होमिएको बताएका छन् ।

स्वतन्त्र उम्मेदवार ध्रुवराज वलीले सल्यानलाई समृद्ध बनाउने सपना साकार पार्न, सुशासन कायम गर्न, नागरिकका समस्याको सारथि बन्ने र विकासका लागि पहल गर्ने लगायतका एजेन्डा रहेको बताएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा २०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। सो निर्वाचनमा साविक एकीकृत समाजवादी तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले ३५ हजार ७ सयभन्दा बढी मत ल्याउँदै विजयी भएका थिए ।

उनका प्रमुख प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले करिब १९ हजार ७ सय मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार राजेन्द्र वीर राय १३ हजार ३९ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए ।

यसपटक भने गठबन्धन समीकरण फेरिनु, नयाँ दल र स्वतन्त्र उम्मेदवारको बलियो उपस्थिति तथा मतदाताको बदलिँदो धारणा कारण सल्यानको चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More